२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

भन्सार छलीका अबैद्य कुखुरा तथा सामान बरामद

२०७८ श्रावण ५, मंगलबार प्रकाशित ( साल अघि) ११७५ पाठक संख्या

मोहन पौडेल
परासी, ५ साउन । भन्सार छलेर भारतबाट नेपाल भित्राईएका दुई लाख ७५ हजार ८०० रुपैँया बराबरको अवैद्य मालसामान तथा बोईलर कुखुरा पश्चिम नवलपरासी प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छलेर भित्राईएको रु एक लाख १९ हजार मूल्य बराबरको थान कपडा, लेडिज कुर्ता सुरुवाल, लेगिज, पर्दा लगायतका कपडा तथा ५ वटा मोटरसाईकलमा ल्याईएका ३९२ बोईलर कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले दैनिक 24 खबर डटकमलाई दिएको अनुसार अवैद्य कपडा सीमा प्रहरी चौकी महेशपुरको टोलीले पाल्हीनन्दन गाउँपालिका २ भक्सिपुरबाट र कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रामग्राम नगरपालिका १८ बन्जरियाबाट नियन्त्रणमा लिईएको हो । कुखुराको बजार मूल्य रु एक लाख ५६ हजार ८०० रहेको छ । बरामद गरिएका कुखुरा र कपडा आवश्यक कारवाहीका लागि आजै पशु क्वारेन्टाईन र महेशपुर भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस