२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

वेद सिर्जनशील संस्थामा नयाँ नेतृत्व चयन

२०७८ श्रावण ३, आईतबार प्रकाशित ( साल अघि) १०९० पाठक संख्या

परासी, ३ साउन । पश्चिम नवलपरासीस्थित सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको संस्था वेद सिर्जनशिल संस्था (वेद संजाल) को नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सम्पन्न चोथौ र पाचौँ साधारण सभा तथा तेस्रो अधिबेशन बाट सर्वसम्मत रुपमा नयाँ समिति चयन भएको हो ।
नवगठित समितिको अध्यक्षमा युवराज न्यौपाने ( बिमल), उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने र हुमा देवकोटा, महासचिवमा सृष्टि अधिकारी, कोषाध्यक्षमा सीता पाण्डे, सचिवमा मिरा गाहा चयन हुनुभएको निर्वाचन समिति संयोजक कृष्ण पाण्डेले दैनिक २४ खबर डटकमलाई बताउनुभयो ।
यस्तै समितिको सदस्यमा मनिष भट्टराई, मेनका न्यौपाने ( बिन्दु ), बसन्त भुसाल लगायत रहनुभएको छ भने संरक्षण समितितर्फ प्रधान संरक्षकमा रोशनी राना, संरक्षण सचिवमा समिर परियार तथा सदस्यहरु कला डुम्रे भट्टराई , सुनिल थापा क्षेत्री , लालु प्रसाद गुप्ता चयन हुनुभएको छ ।
यसैगरी संस्थाको विदेश विभागतर्फ संयोजकमा सुमन चापागाई, अमेरिका संयोजकमा हिमलाल न्यौपाने , कतार संयोजकमा पारिश्वर भट्टराई , दक्षिण कोरिया संयोजक दनेश पान्डेय , सदस्यमा बिस्नुप्रसाद न्यौपाने, लक्ष्मण बराल, कमल मगर, दिवस न्यौपाने, रेश्मिराज पान्डे, दिवस तिवारी , अम्बिका भुसाल, लक्ष्मण डुम्रे, बिजय अर्याल लगायत रहनुभएको छ । कार्यक्रम रोशनी रानाको अध्यक्षतामा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस