२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकाद्धारा फरक क्षमता भएका नागरिकलाई सहयोगी सामग्री वितरण

२०७८ श्रावण ३, आईतबार प्रकाशित ( साल अघि) ७३५ पाठक संख्या

मोहन पौडेल
परासी, ३ साउन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले पालिका भित्रका फरक क्षमता (अपांगता) भएकाहरुलाई सहयोगी सामग्री वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) ले आज एक समारोहबीच ४१ थान अपांगता सहायक सामग्री वितरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष गुप्ताले फरक क्षमता भएका नागरिकको जीवनयापन सहज बनाउन ह्विल चेयर वितरण गरिएको बताउनुभयो ।
अपांगता भएका व्यक्तिका परिवारमा हेरचाह गर्ने व्यक्ति आर्थिक कार्यमा संलग्न हुन नसकी आर्थिक रुपमा कमजोर हुने भएकोले हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले पालिकाले सहायता सामग्री वितरण गरेको उहाँले बताउनुभयो ।
सहायता सामग्रीको सहयोगले फरक क्षमता भएका व्यक्तिको जीवनयापनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो । उहाँहरुको माग बमोजिम गाउँपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने उहाँले बताउनुभयो । गाउँपालिका भित्र पूर्ण अशक्त भएका रातो कार्ड प्राप्त २८ जना रहेको स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस