२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनमा पोषण सुधार र आयआर्जनका लागि विपन्न महिलालाई आर्थिक अनुदान वितरण

२०७८ श्रावण ३, आईतबार प्रकाशित ( साल अघि) ७५७ पाठक संख्या

मोहन पौडेल
परासी, ३ साउन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सहकारीमा आवद्ध विपन्न महिलाहरुको आयआर्जन तथा पोषण सुधारको लागि आर्थिक अनुदान प्रदान गरेको छ ।
आज गाउँपालिकामा आयोजित समारोहमा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ( दीपक) ले २५ जना महिलाहरुलाई जनही रु २५ हजारको दरले अनुदान रकम वितरण गर्नुभएको हो ।
पाल्हीनन्दन – २ हरपुरस्थित जानकी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध २५ जना महिलाहरुलाई आर्थिक सशक्तीकरण तथा जीविकोपार्जन सुधारको लागि रु २५ हजारको दरले कुल रु छ लाख २५ हजार रुपैयाँ वितरण गरिएको अध्यक्ष गुप्ताले दैनिक 24 खबर डटकमलाई बताउनुभयो ।
विपन्न महिलालाई आयआर्जनमा सहयोग गर्ने र पोषणमा सुधार ल्याउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
वितरण गरिएको रकमबाट महिलाहरुले तरकारी खेती तथा पशुपालन गरि आयआर्जन गर्ने उहाँको भनाइ छ ।
प्रत्येक गरीब विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउनु स्थानीय सरकारको दायित्व रहेकाले कोही पनि गरीब हुनुनपर्ने गरी गाउँपालिकाले योजना र कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष गुप्ताले बताउनुभयो । सबै नागरिक धनी भए मात्र गाउँपालिकाबासी खुशी हुने र गाउँपालिका पनि समृद्ध हुने उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस