२०८१ मंसिर ८, शनिबार
24 खबर अपडेट

लायन्स क्लब रामग्राम शान्तिभूमिको साधारणसभा तथा पदहस्तान्तरण, अध्यक्षमा सुरज यादव

२०७८ श्रावण १, शुक्रबार प्रकाशित ( साल अघि) १८४३ पाठक संख्या

परासी, १ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीका युवाहरुको नेतृत्वमा क्रियाशील लायन्स क्लब अफ रामग्राम शान्तिभूमिको अध्यक्षमा सुरज यादव चयन हुनुभएको छ । क्लबको आज परासीमा सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रमबाट नयाँ समिति चयन भएको हो ।
क्लबको वर्ष २०२१।०२२ को लागि अध्यक्षमा यादव, प्रथम उपाध्यक्षमा आशिष प्रधान, द्धितीय उपाध्यक्षमा राजेश शहानी र तृतीय उपाध्यक्षमा मनिष गुप्त, सचिवमा ईन्द्रेश गुप्ता, सहसचिवमा अरुण प्रधान, कोषाध्यक्षमा सुरज रौनियार र सहकोषाध्यक्षमा सन्दिप अग्रहरी चयन हुनुभएको छ ।
क्लबका वर्ष २०२०।०२१ का अध्यक्ष सम्राट बस्यालको अध्यक्षता तथा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ बिटु नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ श्यामकुमारा बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बस्यालले रामग्राम शान्भिूमि लायन्स क्लव गत वर्षको कोरोना महामारीको समयमा स्थापना भएर पनि उत्कृष्ट सामाजिक कार्य गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उक्त अवसरमा क्लवका निवर्तमान सचिव श्याम कोंहारले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने लायन्स क्लब अफ नवलपरासीका अध्यक्ष सम्झना चौधरी, लायन्स क्लब अफ नवलपरासी रामग्रामकी निवर्तमान अध्यक्ष समा बस्याल, लियो क्लव अफ नवलपरासी रामग्रामकी अध्यक्ष सुमिना चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस