२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रशासनको निर्देशन अटेरी गर्ने पानी उद्योगमा शीलबन्दी

२०७८ अषाढ ३०, बुधबार प्रकाशित ( साल अघि) ९२९ पाठक संख्या

परासी, ३० असार । पश्चिम नवलपरासीमा प्रशासनको निर्देशन अवज्ञा गर्ने पानी उद्योगलाई शीलबन्दी गरिएको छ । सुनवलको अविनाश अभिषेक ड्रिंक्स प्रालिमा आज जिल्ला प्रशासन कार्यालय नवलपरासी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको नेतृत्वमा गएको टोलीले शील गरेको हो ।
मंगलबार बजार अनुगमनको क्रममा उक्त कम्पनीले उत्पादन गर्ने दीर्घायु ब्राण्डको जारको पानी लेभल बिनै बजारमा बिक्री गरेको पाईएपछि सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले उक्त कम्पनीमा पनि अनुगमन गरेको थियो ।
त्यस क्रममा उक्त कम्पनीले मापदण्डअनुसार पानी उत्पादन गरेको नपाईएपछि पानीको नमूना परीक्षणको लागि पठाउने भन्दै पानीको रिपोर्ट नआए सम्म उद्योगको कोरोबार रोक्न निर्देशन दिएकोमा उद्योगले उक्त निर्देशन अटेरी गरि बजारमा पानी बिक्रीका लागि पठाएको देखिएकाले शील गरिएको सहायक प्रजिअ माझीले बताउनुभयो ।
आजै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पानी परीक्षणको लागि उक्त कम्पनीबाट नमूना लगेको कार्यालयकि करुणा गुरुङले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस