काठमाडौं, असार २९ । सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो ।
बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको बताए ।