२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रतापपुरमा एकिकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजनाको संयुक्त अनुगमन

२०७८ अषाढ २९, मंगलबार प्रकाशित ( साल अघि) ७६५ पाठक संख्या

परासी, २९ असार । युनाईटेड मिसन टु नेपाल र ईन्दे्रणी सामाजिक विकास मञ्चद्धारा सञ्चालित एकिकृत सामुदायिक स्वास्थ्य परियोजना (आईआरसीएच) अन्र्तगत प्रतापपुर गाउँपालिकामा सञ्चालन भएका कार्यक्रम र त्यसले पारेको प्रभावबारे संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति नवलपरासी प्रमुख शिवशंकर राय, गैरसरकारी संस्था महासंघका अध्यक्ष बालिन्द्र शाहि, ईन्द्रेणीका अध्यक्ष बद्रि प्रसाद सुवेदी, प्रतापपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र प्रसाद लामिछाने, वडा नं.५ का अध्यक्ष त्रिभुवन सिंह, ७ का अध्यक्ष हरेन्द्र यादव लगायतको उपस्थितीमा अनुगमन तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सो क्रममा बैदौली र सुर्यपुरा स्वास्थ्य चौकीका ईन्चार्ज, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य आमा समुह र लाभग्राहीसंग अन्र्तक्रिया गरिएको परियोजनाका फिल्ड संयोजक सुष्मा जोशीले बताउनु भयो ।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख रायले कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरि लक्षित वर्गसम्म पु¥याउन अनुरोध गर्दै नतिजा राम्रो आउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
प्रतापपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र प्रसाद लामिछानेले परियोजना अन्र्तगत सञ्चालन भएका कार्यक्रमहरुले लक्षित वर्गलाई फाईदा पुगेको आफुले प्रत्यक्ष देखेको बताउदै ईन्द्रेणी सामाजिक विकास मञ्च र युनाईटेड मिसन टु नेपाललाई धन्यवाद दिनु भयो ।
परियोजना अन्र्तगत प्रतापपुर गाउँपालिकामा मानसिक स्वास्थ्य सेवा, सुत्केरीलाई यातायात खर्चको व्यवस्था, उत्तर प्रसुती जाँच, विवाहित दौतरी शिक्षक तयार, सासु बुहारी अन्र्तक्रिया, सेनेटरी प्याड बनाउने तालिम, हाईजिन किट वितरण, जीविकोपार्जनका लागि सामग्री प्रदान, शौचालय निर्माण, वडास्तरीय वास समन्वय समितीको कार्ययोजनामा सहयोग, आमा समुहको क्षमता विश्लेषण लगायतका कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस