२०८२ चैत्र १४, शनिबार
24 खबर अपडेट

नवलपरासीको दाउन्नेमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

२०८२ चैत्र १४, शनिबार प्रकाशित ( घण्टा अघि) ९५ पाठक संख्या

मोहन पौडेल
परासी, १४ चैत । पूर्वपश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट–४ घिउखोलामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् । उद्धारमा खटिएका एक प्रहरीसमेत घाइते भएको बताइएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेका लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा ठूलो दुर्घटना भएको हो । ठक्करपछि बस करिब २०० मिटर र ट्रक करिब १०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो । पिकअप भने सडक छेउमै अड्किएको थियो ।
दुर्घटना लगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल उद्धार गरि घाइतेहरुलाई स्थानीय चिसापानी अस्पताल पुर्याएको थियो । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। बसमा च्यापिएको अवस्थामा उद्धार गरि तीन जना घाइतेलाई उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याइएकोमा उपचारको क्रममा तीनै जनाको मृत्यु भएको डिएसपी पन्तले बताउनुभयो । मृत्यु हुनेमा मध्ये रोल्पाको बागमाराका २५ वर्षीय गोबिन बुढा मगर रहेका छन् भने अन्य दुइ जनाको पहिचान हुन सकेको छैन् ।
उद्धारको क्रममा घाइते भएका प्रहरी सहायक निरीक्षक कमलप्रसाद आचार्य उपचारपछि डिस्चार्च भएको प्रहरीले जनाएको छ ।े सडक अहिले पूर्ण रुपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लुम्बिनि सि.टि. अस्पताल बुटवल उपचारमा रहेका घाईतेहरु;
१) बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष अं. २४ को मरिचमान घर्तीमगर टाउको,नाक, अनुहारमा चोट अवस्था मध्यम ।
२) बस चालक ऐ. माडी बस्ने वर्ष अं.२४ को हिमाल घर्ती मगर शरिरको विभिन्न भादमा चोट अबस्था मध्यम
३) जिल्ला कञ्चनपुर कृष्णपुर गा.पा. ६ बस्ने वर्ष अं. २८ को लोकराज ओझाको टाउकोमा चोट अवस्था मध्यम ।
४) ट्क चालक जिल्ला बर्दिया बारबर्दिया न.पा. ७ बस्ने वर्ष २४ को सागर चौधरीको अनुहारमा चोट अवस्था मध्यम ।
५) ऐ. बस्ने वर्ष १९ को जिवन चौधरी शरिरमा सामान्य चोट अवस्था सामान्य ।
६) जिल्ला काठमाडौ बस्ने वर्ष अं. २८ कि लक्ष्मी खत्रीको कम्मर र दुवै खुट्टामा चोट अवस्था मध्यम ।
७) जिल्ला रोल्पा माडि २ बस्ने वर्ष अं. १९ को किरण पुन मगरको अनुहारमा चोट अवस्था मध्यम।
८) ऐ. बस्ने वर्ष ४८ कि सुशिला नेपालीको खुट्टार अनुहारमा चोट अवस्था मध्यम।
९) जिल्ला रोल्पा माडि गा. पा. ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी टाउको खुट्टामा चोट अवस्था मध्यम ।
१०) ऐ. बस्ने वर्ष अं. ६२ को झुप बहादुर घर्तीको शरिरको अनुहारमा चोट अवस्था मध्यम ।
११) ऐ. ३ बस्ने वर्ष अं. ६२ को तिर्थ बहादुर पुन शरिरको विभिन्न भगमा चोट अवस्था मध्यम ।
१२) जिल्ला दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपालीको अनुहारमा चोट अवस्था मध्यम ।
१३) १ जना महिलाको अ.बर्ष २५ की नाम थर वतन हालसम्म नखुलेको अवस्था सिरियस ।
चिसापानि अस्पतालमा उपचार भईरहेको घाईतेहरु
१)जिल्ला चितवन इछ्छा मनकामना १ वस्ने वेष ३१ को विशाल चेपाङ अवस्था सामान्य ।
२)पिकिअप चालक जिल्ला चितवन रत्न नगर वस्ने वर्ष अं. २९ को आषिक गुरुङ को अनुहारमा चोट अवस्था सामान्य ।
जिल्ला अस्पताल परासी परासीमा रहेका मृतकहरू
१) जिल्ला रोल्पा बागमारा बस्ने वर्ष अं. २५ को गोबिन बुढा ।
२) नामथर वतन नखुलेको अं. २५–२६ को मृतक ।
३ ) नामथर वतन नखुलेको पुरुष व्यक्ति

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस