२०८१ कार्तिक २५, आईतबार
24 खबर अपडेट

भुज (भार) समुदायको परम्परागत भुजा भुट्ने पेशा संकटमा

२०८० फागुन ३, बिहिबार प्रकाशित ( महिना अघि) ४१५ पाठक संख्या

गौरीशंकर जयसवाल
परासी, ३ फागुन । पश्चिम नवलपरासीमा भुज (भार) समुदायको परम्परागत भुजा भुट्ने पेशा संकटमा परेको छ ।
भुजा भुट्ने आधुनिक मेसीन प्रयोगमा आएपछि परम्परागत भुजा भुट्ने पेशा संकटमा परेको हो । उनीहरुले सानो छाप्रो बनाएर बषौँदेखी भुजा भुट्दै पुख्यौली पेशा गर्दै जीविकोपार्जन गर्दै आएकोमा आधुनिक मेसीन प्रयोगमा आएपछि पेशा संकटमा  परेको उनीहरूले बताएका छन् ।
नवलपरासीको सरावल गाउँपालिकाको वडा नं. २ मनरीमा भुजा भुट्ने पेशा गर्दै आएकी ५० बर्षिया लिलावती कहाँरले २५ बर्षदेखी घरको अगाडी सानो खरले छाएको झोपडी बनाई भुजा भुट्दै आए पनि अहिले उक्त पेशाबाट विस्थापित हुन लागेको बताउँछिन् ।
उनी भन्छिन– भुजा भुट्ने आधुनिक मेसीन प्रयोगमा आएपछि परम्परागत भुजा भुट्ने पेशा संकटमा परेको हो ।
उनले यही भुजा भुटेर परिवार पाल्दै आएकी छिन्।उनका दुई छोरी र एक छोरा छन् । लिलावतीको सँगै छोराबुहारीले भुजा भुट्न सघाउँदै आएका छन ।त्यही घरअगाडि छाप्रोमै भुजा भुट्ने माटोका ठूलाठूला चार पाँच भार चुलो बनाइएकी छिन । पहिला १२ महिना यो पेशा चल्ने गरेको थियो तर सिजन बाहेक अरुबेला नचल्दा अहिले पेशा झन संकटमा परेको उनले बताईन् ।
उनी भन्छिन – गाउँघरका  मानिसले चामल चिउरा चना भटमास बदाम जस्ता कच्चा पदार्थहरु आफै लिएर आउँछन्, मैले ज्याला मात्र लिन्छु ।
उनीमात्र हैन यही पेशा अंगालेकी रामग्राम नगरपालिकाको वडा १७ देवगाँउकी ५८ बर्षिया बिन्द्रवती कहाँरको अवस्था पनि उस्तै छ । पहिला महिनामा १ क्वीन्टल  (चामल चिउरा चना भटमास बदाम¬)कच्चा पदार्थ आर्जन हुने गरेको तर अहिले महिनाको ३ पाथी (चामल चिउरा चना भटमास बदाम¬)कच्चा पदाथ पुर्याउन र आर्जन गर्न धौधौ परेको बिन्द्रवतीको भनाई छ ।
यही पेशाबाट तीन छोरा र  एक छोरी पाल्दै तीन छोरा र एक छोरीलाई बिवाह पनि गरिसकेको उनलेे बताईन ।
उनी गाउँमा सानो खरको छाप्रो बनाई ८ वटा माटोको घैटो बनाई दिनहुँ भुजा भुट्ने गरेकि छिन ।    उनि बाह्रै महिना यो पेशामा सर्मपित रहेकी छिन् दैनिकी यहि पेशामा रमाउदैँ आइकी छिन् । बुढ्यौली उमेरमा पनि उनले यो पेशा छोडेकि छैनन् ।
दाउराको अभाव हुदाँ भुजा भुट्न सिसौको पात र भुसाले भार आगो सल्काउने गरेको उनी बताउँछिन् ।
भुजा तराईका बासिन्दाका लागि परम्परागत खाजाका रूपमा परिचित छ।
पूजाआजा, व्रतबन्ध तथा घरपरिवारमा भोजभतेरमा माछा, मासु, तरकारी, अचारसँग भुजा मन पराउनेको संख्या धेरै हुन्छ। दिउँसो खाजामा भुटेको भटमास, भुजा, आलुको चोखाभन्दा मुख नरसाउने कमै होलान्।
आधुनिक मेसिन र सामान्य चुलोमा भुटेको भुजाभन्दा परम्परागत रूपमा तताइएको बालुवामा भुटेको भुजा स्वादिलो र स्वस्थकर हुने गरेको छ । परम्परागत तरिकाअनुसार भुजा फलामको आरीमा तातो बालुवा हालेर भुटिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस