२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका चार गाउँपालिकामा एकिकृत पोषण कार्यक्रम लागू

२०८० मंसिर २४, आईतबार प्रकाशित ( महिना अघि) ५९४ पाठक संख्या

मोहन पौडेल
परासी, २४ मंसिर । पश्चिम नवलपरासीका चार पालिकामा एकिकृत पोषण कार्यक्रम लागू भएको छ । लुम्बिनी प्रदेशका पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन पश्चिम नवलपरासीसहित लुम्बिनी प्रदेशका तीन जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको हो ।
हेलेन केयर इन्टरनेसनलको सहयोगमा सञ्चालन हुने एकीकृत पोषण कार्यक्रम नवलपरासीको सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा लागू गरिएको हो । आज जिल्लाका सरोकारवालाहरुसँग सुनवलमा आयोजित छलफल तथा परियोजना सल्लाहकार समितिको बैठकमा उक्त जानकारी गराईएको हो ।
एक वर्षे यो परियोजना अन्तरगत समुदायमा कुपोषित बच्चाको पहिचान,कुपोषित बच्चा हुन नदिन आमा र आमा समूहलाई शिक्षा दिने, कुपोषित बच्चालाई पोषण उपचार केन्द्रमा लगेर खाद्य पदार्थ खान दिने तथा उपचार गराउने,पाँच वर्ष मुनिका बालबालिकाको मास स्क्रिनिङ गर्ने, लगायतका क्रियाकलाप सञ्चालन हुने स्थानीय साझेदार संस्था बेस नेपाल नवलपरासीका कार्यक्रम संयोजक शालिकराम पोखरेलले जानकारी दिनुभयो ।
कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक कुपोषण हुने प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्याङ्कमा कुपोषित बालबालिका ८ प्रतिशत रहेको भएपनि लुम्बिनीमा १६ दशमलव २ प्रतिशत कुपोषित भएको तथ्याङ्क रहेको परियोजना संयोजक राज मण्डलले बताउनुभयो ।
यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । यसले प्रदेशको कुपोषण दरलाई घटाउने विश्वास गरिएको छ । कुपोषित बालबालिका धेरै भएको जिल्ला तथा पालिकामा कार्यक्रम लागू गरिएको परियोजनाले जनाएको छ ।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले परियोजनाको उद्देश्य अनुसार नतिजा देखिने गरि काम गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहसँगको सहकार्यमा प्रभावकारी रुपमा काम गर्न जोड दिँदै स्थानीय जनप्रतिनिधिको तर्फबट आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले परियोजनालाई सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले आमाको दुधलाई निरुत्साहित गर्ने सामग्रीको प्रयोगमा बन्देज लगाउन आग्रह गर्दै त्यसको लागि अनुगमन गर्ने काम पनि भईरहेको बताउनुभयो । लुम्बिनी प्रदेशको तराईका जिल्लाहरूमा कुपोषण बढी देखिएको छ । यो प्रदेशका हरेक वर्ष पाँच वर्ष मुनिका ७६ हजार २०७ बालबालिकाहरु ख्याउटेपनबाट ग्रसित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस