२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सरकार खोज्दै नवलपरासीका केरा कृषक

२०८० श्रावण ५, शुक्रबार प्रकाशित ( साल अघि) १३३५ पाठक संख्या

नवलपरासी, ५ साउन । उमेरले ८० नाघेका प्रतापपुर गाउँपालिका–८ का चन्नर केवट घरमै आराम गरेर परिवारका सदस्यसंग रमाएर बस्नुपर्ने हो । तर उनी टंटलापुरे घाममा पनि खेतमा काम गरिरहेका भेटिन्छन् ।
यो उमेरमा सकि नसकी काम गर्नु उनको रहर भने होईन । ३ विघा क्षेत्रफलमा केराखेती गरेका केवट यतिवेला खेतमा लगाईएका केरा गोडमेमा खटिरहेका छन् । उनलाई उनकी बृद्ध अवस्थाकै श्रीमतीले संगै साथ दिईरहेकी हुन्छीन् ।
बुढो जीउ, दिउँसोको काममा खेतको काम गरीरहँदा जीउ पुरै पसिनाले लुछ्छर्मै भिजेको छ । खेतको आलिमा बसेर लामो सुस्केरा हाल्दै भन्छन् दुखीलाई त भगवानले नि हेर्दैनन् जस्तो छ । उनि आफुलाई किसान भएकोमा दुखी मन बनाउदै भन्छन् “यो बृद्धाअवस्थामा पनि खेतमा काम गरिरहनुपर्ने मेरो अवस्था केरा उत्पादन गर्ने किसान भएकै कारण हो ।”
केरा गोडमेल गर्ने नगद पैसा नहुदाँ असि वर्षको उमेर हुदा पनि आफै खेतको काममा लाग्नु परेको बताउछन । केवटले भने “ मैले २ वर्ष अगाडि केरा बेचेको २ लाख भन्दा धेरै रकम लिन बाकि छ । मेरो पसिना माथि केरा व्यवसायीले खेलबाड गरेका छन ।”
“ मैले दुई जना केरा व्यवसायीहरुसंग करिब २ लाख ५० हजार रुपैया लिन बाँकी छ । खेतमा काम गर्ने श्रमिक त पाइन्छ तर श्रमीकलाई काम गरेपछि दिने पैसा नहुदाँ दिन भरी असि वर्षको हुदा पनि आपैm खेतमा काम गर्नुपरेको छ । घरमा खाने केहि छैन । कस्लाई भन्ने सुन्ने कोही छैन । जिल्ला प्रसाशन, प्रहरी, गाउँपालिका, वडा सबै धाए कसैले केहि सुन्दैनन । परिवार कस्ले पाल्दिन्छ । हामी सधै दुख मात्र गरेर बस्नुपर्ने हाम्रो व्यथा कस्ले बुझ्छ ? गहभरि आसु बनाउदै उनले प्रश्न गर्दै भने के साच्चिकै गरीवका त कुरा सुन्ने ये देशमा त कोही रहेनछ है ?”
उनी भन्छन् “हामीले उत्पादन गरेका केरा खानेलाई त मिठो हुन्छ तर किसानले भोग्नुपरेको ब्यथा सारै तितो हुँदोरहेछ । ”यी त केवल एक पात्र मात्र हुन केरा व्यवसायीबाट ठगिने । केरा किसानको केरा त व्यवासायीले किन्न त किन्छन तर वर्षैसम्म पनि भुक्तानी दिदैनन् ।
प्रतापपुर ६ का केरा किसान केशब राजभरले भने “यहाँका किसान समयमा मल, जल, औषधी मुलो केहि पाउदैनन । सरकार त हुने खानेका लागी मात्र हो किसानले आफ्नो बलबुतोले उत्पादन गरेको उत्पादन पनि सरकारले व्यवस्थीत गर्न सक्दैन । उत्पादनको उचित मुल्य त परको कुरा न्यूनतम समर्थन मुल्य पनि सरकारले कायम अझै सम्म गरेको छैन ।”
नवलरासी केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु प्रसाद यादव भन्छन “हरेक वर्ष जोखिम मोल्दै आफ्नो लगानी विऊ विजन, मल खाद, श्रमीक, जल सबै नगदमा किन्नुपर्ने अवस्थाका किसानले सधै आफ्नो उत्पादन उद्यारोमा बेच्न बध्य छौं, कृर्षि प्रधान देशमा कृषकले सधै पिडा पाईरहदाँ राज्य कहाँ छ ?” केरा उत्पादन गर्दासम्म हुने खर्च सबै नगदमा नै गर्नुपर्छ । तर उत्पादन भएपछि जहिले पनि उदारोमा नै बेच्नु पछ । किसानले पाउनु पर्ने पैसा जतिसक्दो छिटो पाउने बातावरण बनाउने तर्फ राज्यको ध्यान दिनु पर्ने किसानले बताउँछन ।
जिल्लामा करिब १५ सय किसान केरा खेति तर्फ सम्लग्न छन । ६५ जना किसानको मात्र ३ करोड भन्दा धेरै बक्यौता बाकि रहेको छ । नवलपरासी पश्चिममा यतिबेला २२ सय विघामा केरा उत्पादन गरिन्छ । बार्षिक १ अरब ५ करोडको कारोबार हुन्छ । नेपालको केराले ६० प्रतिशत बजार माग धान्ने अनुमान केरा व्यवसायीको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%३%

प्रतिक्रिया दिनुहोस