२०८२ फागुन ८, शुक्रबार
24 खबर अपडेट

सीमान्तकृत समुदायको उत्थानका लागि स्पष्ट नीति ल्याउन थापालाई आग्रह

२०८२ फागुन ८, शुक्रबार प्रकाशित ( घण्टा अघि) ९४ पाठक संख्या

परासी, ८ फागुन । चुनावी घरदैलो अभियानमा रहेका उम्मेदवार भरत थापासँग ग्रामीण क्षेत्रका स्थानीयवासीले पिछडिएका तथा सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने ठोस नीति र कार्यक्रम ल्याउन माग गरेका छन् ।
पाल्हीनन्दनका स्थानीयका अनुसार गाउँमा अझै पनि गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको पहुँच कमजोर रहेको छ । उनीहरूले ग्रामीण विकासलाई प्राथमिकतामा राख्दै दलित, जनजाति, महिला तथा आर्थिक रूपमा विपन्न वर्गलाई केन्द्रमा राखेर दीर्घकालीन योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।
“ग्रामीण क्षेत्रमा आधारभूत सेवाकै अभाव छ, राज्यको ध्यान सीमान्तकृत समुदायतर्फ केन्द्रित हुनुपर्छ,” स्थानीयको भनाइ छ ।
स्थानीयका गुनासा र सुझाव सुनेपछि थापाले आफूले निजी क्षेत्र र स्थानीय तहमा गरेका कामको मूल्यांकन गरेर मत दिन आग्रह गर्नुभयो । उहाँले आफ्नो उम्मेदवारी ग्रामीण विकास र पछाडि पारिएका समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित रहेको बताउनुभयो ।
थापाले विकास योजना बनाउँदा वास्तविक आवश्यकता पहिचान गरी त्यसअनुसार बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न आफू दृढ रहेको उहाँको भनाइ थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस