२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

नवलपरासी उद्योग वाणिज्य संघको टोलीद्वारा क्षतिग्रस्त उद्योगहरूको अवलोकन

२०८२ आश्विन ४, शनिबार प्रकाशित ( हफ्ता अघि) ४०५ पाठक संख्या

दैनिक24 खबर
परासी,४ असोज । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएका उद्योगहरूको नवलपरासी उद्योग वाणिज्य संघले अवलोकन गरेको छ।
संघका अध्यक्ष ओमप्रकाश अग्रहरी नेतृत्वको टोलीले जिल्लाभित्र रहेका प्रभावित उद्योग तथा व्यापारिक प्रतिष्ठान सहितका स्थलहरूमा पुगेर क्षतिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको हो ।
संघको टोलीले क्षतिग्रस्त प्रतापपुर गाउँपालिका–६ कठहवास्थित तत्व फर्म प्रालि, बर्दघाट–९ स्थित तनहुँ रुपाकोट पार्टी प्यालेस, बर्दघाट उद्योग वाणिज्य संघको स्थलगत अवलोकन गरी क्षतिको जानकारी लिएको अध्यक्ष अग्रहरीले जानकारी दिनुभयो । अवलोकनका क्रममा उद्योगपतिहरूले आन्दोलनकै नाममा भएको तोडफोड र आगजनीले ठूलो आर्थिक क्षति पु¥याएको गुनासो गरेका थिए।
क्कठहवाको तत्व फर्म प्रालि पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीका छोरा हिमांसु त्रिपाठीले चार वर्ष अघि सञ्चालनमा ल्याएको उद्योग हो । सख्खर, जैगरी पाउडर र राँ सुगर उत्पादन गर्दै आएको उक्त उद्योग आन्दोलनकारीले आगजनी गरी पूर्ण क्षति पुर्याएका छन् । आगजनीबाट करोडौँको लगानी खरानी भएको त्रिपाठीले बताउनुभयो ।
बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठको भूताहास्थित तनहुँ रुपाकोट पार्टी प्यालेस पनि आगजनीबाट ध्वस्त भएको छ । आगजनीबाट करिब दुई करोड बराबराको क्षति भएको मेयर श्रेष्ठले जानकारी दिनुभएको थियो । यस्तै बर्दघाटको बाढीपीडितस्थित बर्दघाट उद्योग वाणिज्य संघको कार्यालय पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरी क्षति पुर्याएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभएको थियो ।

2

नवलपरासी उद्योग वाणिज्य संघका पदाधिकारीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित व्यवसायीहरूको आवाज सम्बद्ध निकायसम्म पु¥याउने, क्षतिको उचित मूल्यांकन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्ने प्रतिबद्धता जनाएका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष अग्रहरीले आन्दोलनको अधिकार सबैलाई भए पनि त्यसको नाममा निजी सम्पत्तिमा आक्रमण गर्नु अनुचित भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधि रोक्न सरोकारवाला सबै निकाय सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष अग्रहरीसहित उपाध्यक्ष राजेश कुमार गुप्त,लेखा समिति संयोजक अर्जुन क्षेत्री,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी तथा सञ्चारकर्मीसहितको टोलीले आन्दोलनको क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, संविधानसभा सदस्य विक्रम खनाल, पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार लगायतको घरको पनि स्थलगत अवलोकन गरी क्षतिको जानकारी लिएको थियो ।

3

 

4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस