२०८२ जेष्ठ २१, मंगलबार
24 खबर अपडेट

क्षमता विकास तथा अचार बनाउने तालिम

२०८२ जेष्ठ १९, आईतबार प्रकाशित ( दिन अघि) १५९ पाठक संख्या

दुम्किबास , १८ जेठ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका एकल महिलाहरुका लागि दुम्किबासमा क्षमता विकास तथा अचार बनाउने ४ दिने तालिम सम्पन्न भएको छ ।
एकल महिला समूह विनयी त्रिवेणी गाउँकमिटिको आयोजना तथा विनयी त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा भएको तालिममा एक सय बढि एकल महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा नर्मदा काफ्ले र शान्ति बि.क.ले सहजीकरण गर्नुभएको थियो ।
तालिमको उदघटन गर्दै विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष भगवति बैदवारले तालिमले एकल महिलाहरुको क्षमता संगै सिप विकास गर्नेमा आफु आशावादि रहेको बताउनुभयो ।
तालिमको समापन सत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिले एकल महिलाहरुको समग्र विकासका लागि गाउँपालिकाले काम गर्ने बताउनुभयो ।
विनई महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेखा अधिकारीले विगतको तुलनामा  एकल महिलाहरुको हालको अवस्था सुधारोन्मुख भएको बताउनुभयो ।
महिला अधिकार मञ्चका अध्यक्ष बालु पुरीले विविध समस्याबाट मुक्त भई एकल महिलाहरु संगठित भएकोमा खुशी व्यक्त गर्नुभयो ।
सो क्रममा डिलमाया गिरि र तुलमाया खाम्चालाई दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस