२०८१ माघ २३, बुधबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एचपीभी खोप अभियान शुरु

२०८१ माघ २२, मंगलबार प्रकाशित ( दिन अघि) १३८ पाठक संख्या

मोहन पौडेल
परासी, २२ माघ । पश्चिम नवलपरासीमा पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान शुरु भएको छ ।
स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा आज विहान रामग्राम नगरपालिका–१२ स्थित सरस्वती मावि कशियामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालय र जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जमुवाड स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गरेर अभियानको शुभारम्भ गर्नुभएको हो ।

3

प्रदेशसभा सदस्य जयसवालले सबै मिलेर खोप अभियान सफल पार्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख यादवले लक्षित उमेर समूहका सबै किशोरीहरु नछुट्न् गरि अभियान सञ्चालन गर्न आग्रह गर्दै सबै मिलेर अभियान सफल बनाउन जोड दिनुभयो ।
आजदेखि शुरु भएको यो अभियान माघ २८ सम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनुभयो । जिल्लाका सातै पालिकामा आज एकैसाथ अभियानको शुभारम्भ गरिएको हो ।
अभियान अन्र्तगत जिल्लाका सातै स्थानीय तहका २०० विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ हजार ६६९ र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका करिब ६२४ गरी १६ हजार २९३ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो ।
जिल्लामा रहेका २०० विद्यालयमा २०१ वटा खोप केन्द्र मार्फत किशोरीहरुलाई खोप लगाईन थालिएको हो । त्यसका लागि २०५ जना खोप स्वास्थ्य कार्यकर्ता र ३०८ जना स्वयम्सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले बताउनुभयो ।

2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस