२०८१ माघ ९, बुधबार
24 खबर अपडेट

रामग्राम जेसीजको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

२०८१ माघ ६, आईतबार प्रकाशित ( दिन अघि) १४१ पाठक संख्या

परासी, ६ माघ । रामग्राम जेसीजको २५ औँ पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार परासीमा आयोजित उक्त कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले वर्ष २०२५ का लागि निर्वाचित अध्यक्ष विष्णुराज रावलाई जेसीज माला पहिराएर पदस्थापन गराउनुभएको हो ।
समारोहमा वर्ष २०२४ का अध्यक्ष पौडेलले नवनिर्वाचित अध्यक्ष रावलाई सपथ गराउनुभएको थियो । रामग्राम जेसीजको गत पुस १३ गते सम्पन्न २५ औँ शाखा अधिवेशनबाट रावको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । निर्वाचित समितिका कार्यकारी उपाध्यक्षद्धय उमेश कोँहार र मुकेश नारायण लोनिया, उपाध्यक्षहरु हिमालचन्द्र अर्याल, किरण कुमार गुप्ता, रञ्जिता कुमारी शाह र जगदीश कोँहार, सचिव अनिरुद्ध ठाकुर र सहकोषाध्यक्ष अनुराग कुमार अग्रवाललाई पनि पदस्थापन गरिएको निर्वाचन आयुक्त बेनीमाधव बस्यालले जानकारी दिनुभयो ।

J1

 

यसैगरी नवनिर्वाचित अध्यक्ष रावले जेसीजको विधान अनुसार महासचिवमा पुरुषोत्तम तिवारी, कानूनी सल्लाहकारमा बेनीमाधव बस्याल र कोषाध्यक्षमा रोशनी कुमारी अग्रहरीलाई मनोनीत गर्नुभएको छ । उक्त अवसरमा रामग्राम जेसीज वर्ष २०२४ ले प्रकाशन गरेको रामग्राम सन्देश २०२४ स्मारिका पनि विमोचन गरिएको थियो । जेसीजको विधान अनुसार एक व्यक्ति, एक पद र एक वर्षको मात्र कार्यकाल रहने गर्दछ ।
रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा रामग्राम नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल जेसीजका निवर्तमान राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, बुटवल जेसीजका अध्यक्ष विनोद घिमिरे, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, पूर्व अध्यक्ष राजेन्द्र क्षेत्री, यमकुमारी सुवेदी, रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुँवर, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, रामग्राम जेसीजका नवनिर्वाचित अध्यक्ष राव लगायतले शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीज वर्ष २०२५ का महासचिव पुरुषोत्तम तिवारीले जानकारी दिनुभयो ।

J3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस