२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) ७५० पाठक संख्या

धनुषा, जेठ २८  यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस