२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नेपाल खेलकुद महासंघ नवलपरासीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ्ग

२०८१ श्रावण २९, मंगलबार प्रकाशित ( महिना अघि) ३६४ पाठक संख्या

मोहन पौडेल
परासी, २९ साउन । नेपाल खेलकुद महासंघ नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम परासीमा सम्पन्न जिल्ला अधिवेशनले बर्दघाटका भरत गुरुङको नेतृत्वमा महासंघको सर्वसम्मत २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

K2

गुरुङ अध्यक्ष रहेको उक्त कमिटीको उपाध्यक्षमा सुरेन्द्र थापा(सुस्ता) र उपाध्यक्ष(महिला)मा आरती लामिछाने पाण्डे(सुनवल), सचिवमा हिल्सन पाण्डे क्षेत्री(सुनवल),कोषाध्यक्षमा कमल पुन(सरावल) तथा सहसचिवमा रामबहादुर चौधरी(प्रतापपुर) र आरती चौधरी(सरावल) रहनुभएको छ ।
महासंघ जिल्ला कमिटीको सदस्यमा बर्दघाटमा रविसेन ठकुरी,बीरबहादुर कुमाल, सुजन बस्नेत र रञ्जित गुरुङ, रामग्रामबाट नवीन यादव, राहुल सिंह र विवेक अग्रहरी,सुनवलबाट दया जिसी, गौतम परियार,नवराज डुम्रे, दीपक कुमाल र लेखराज चौधरी, सुस्ताबाट आनन्द गुरुङ,कमलेश चौहान, लक्ष्मण चौधरी र विकास गुरुङ तथा सरावलबाट जोगिन्द्र चौधरी र उत्तरकुमार थारु निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले नवलपरासी जिल्ला कमिटी सदस्य एवं नेपाल खेलकुद महासंघका ईन्चार्ज विष्णु पोखरेलको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरण गौतमले नेपाली खेलकुदले राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण योगदान गर्दैै आएको बताउनुभयो । खेल पर्यटनको माध्यमबाट मुलुकमा समृद्धि हासिल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

K3

उहाँले नेपाली खेलकुद र खेलाडिलाई सबैभन्दा बढी माया गर्ने र खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने पार्टी एमाले मात्र भएको जिकिर गर्नुभयो । उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर रंगशालाको स्तरोन्नती गर्ने गरि पहिलो निर्णमा खेल क्षेत्रलाई प्राथमिकता दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । खेल क्षेत्रको थप पूर्वाधार निर्माण, खेलाडि उत्पादन तथा प्रोत्साहनमा वर्तमान सरकारले महत्वपूर्ण काम गर्ने उहाँको दाबी थियो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज प्रनिर अधिकारी,महासंघका लुम्बिनी प्रदेश संयोजक हिमाल श्रेष्ठ, एमाले प्रदेश सदस्य थानप्रसाद गैरे, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको एमाले जिल्ला पार्टी कार्यालय सचिव रामचन्द्र भण्डारीले जानकारी दिनुभयो । नेपाल खेलकुद महासंघ एमाले निकट संगठन हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस