२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सनराईज बैंकद्धारा सुनवल नगरपालिकालाई रु एक लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ जेष्ठ १९, बुधबार प्रकाशित ( साल अघि) ९२७ पाठक संख्या

परासी, १९ जेठ । सनराईज बैंक लिमिटेड सुनवल शाखाले पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई रु एक लाखको स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि उक्त सामग्री बैंकले आज एक कार्यक्रमकाबीच नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
बैंकले आज नगर प्रमुख भीमबहादुर थापा, उपप्रमुख दधिराम अर्याल र स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । बैंकले पिपिई ५५ थान, के एन ९५ मास्क २०० थान, सर्जिकल ग्लब्स ४ प्याकेट, नर्मल ग्लब्स् ४ प्याकेट, सर्जिकल मास्क ५० प्याकेट, सेनिटाईजर १२ पिस हस्तान्तरण गरेको हो । नगर प्रमुख थापाले महामारीको समयमा पनि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

S2

S2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस