२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा सोमबार ५० जना संक्रमित थप

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ६९६ पाठक संख्या

परासी, १७ जेेे । पश्चिम नवलपरासीमा सोमबार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट ४८ जना र आरडिटि परिक्षणबाट २ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये ३० जना पुरुष र २० जना महिला हुन् । सोमबार रामग्राम नगरपालिकाका मात्र २९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनवल नगरपालिकाका ८ जना, बर्दघाट नगरपालिकाका ४ जना , पाल्हिनन्दन गाउपालिकाका ७ , प्रतापपुर गाउपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार १सय २२ पुगेको छ । सोमबारै ८२ संक्रमित निको भएका छन् । यस्तै थप १ जनाकोे ज्यान गएको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ५६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस