२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

चलचित्र कलाकार अग्रहरीको सहयोगमा ३० थान अक्सिजन सिलिन्डर रिफिल गरी सहयोग

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) ८६७ पाठक संख्या

परासी, १४ जेठ । पश्चिम नवलपरासीमा अक्सिजनको अभाव हुन नदिन परासी क्षेत्रका युवाहरुको सक्रियता जारी छ । यसैक्रममा नेपाली चलचित्रका कलाकार प्रमोद अग्रहरीको आर्थिक सहयोगमा आज पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिन्डर रिफिल गरी सहयोग गरिएको छ ।
रामग्राम २ परासी निवासी कलाकार अग्रहरीले परासी युवा समूहको व्यवस्थापनमा उक्त सहयोग गर्नुभएको हो । रिफिल गरिएका सिलिन्डर अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरिएको हो ।
अस्पतालमा उपचार गराईरहेका कोभिडका बिरामीले अक्सिजनको अभाव भोग्नु नपरोस् भनेर उक्त सहयोग गरेको कलाकार अग्रहरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । दर्जनौ नेपाली« चलचित्रमा अभिनय गर्नुभएका अग्रहरीले उत्कृृष्ट खलपात्रको राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ ।
परासी युवा समूहको व्यवस्थापन अहिलेसम्म १५० खाली अक्सिजनका सिलिन्डर रिफिल गरी सहयोग गरिएको अभियान्ता विकास घिमिरेले बताउनुभयो । अभियानमा परासी क्षेत्रका युवा, समाजसेवी, व्यवसायी, बुद्धिजिवी सबैको सहयोग रहेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%१%

प्रतिक्रिया दिनुहोस