२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

यूएमएन र ईन्द्रेणीद्धारा प्रतापपुर गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) १००५ पाठक संख्या

शान्ति बिक
गाेपिगञ्ज, १४ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकालाई चार लाख रुपैया बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
युनाइटेड मिसन टु नेपाल(यूएमएन) काे सहयोगमा ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरले प्रतापपुर गाउँपालिकालाई ४ लाख २ हजार ५ सय ५१ रुपैयाँको स्वास्थ्य सामग्री बिहिबार प्रदान गरेको हो ।
यूएमएनका टिम लिडर सबु तामाङ पाैडेल र मञ्चका पूर्व अध्यक्ष एवं संविधानसभा सदस्य विक्रम खनालले संयुक्त रुपमा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चाैधरीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका, गाउँपालिकामा रहेका ७ वटै स्वास्थ्य संस्था र आईसाेलेसन सेन्टरका लागि सामग्री प्रदान गरिएको यूएमएनका तालिम म्यानेजर बालकृष्ण पाण्डेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयाे ।
तीव्र रुपमा फैलिईरहेको नयाँ भेरियन्ट सहितकाे काेराेना भाईरस संक्रमण नियन्त्रण गर्न सहयोग पुगाेस् भन्ने उद्देश्यले थर्मल गन, पिपिई सेट, बेड, पल्स अक्सिमिटर, सेनिटाईजर, मास्क, स्ट्रेचर, क्याप, गमबुट, साबुन, फेस सिल्ड सहित २२ प्रकारका सामग्री प्रदान गरिएको यूएमएनका टिम लिडर सबु तामाङ पाैडेलले बताउनुभयो ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जु कुमारी चाैधरीले सबैकाे सहयोगले मात्रै काेराेना संक्रमण नियन्त्रण गर्न सकिने बताउदै सामग्री प्रदान गरेकोमा ईन्द्रेणि सामाजिक विकास मञ्च र यूएमएनलाई धन्यवाद दिनुभयो ।
बिहिवार नै यूएमएनकाे सहयाेगमा ईन्द्रेणि सामाजिक विकास मञ्चले चिसापानी अस्पतालमा ३ लाख १९ हजार ७ सय ६० रुपैयाँ र पाल्हीनन्दन गाउँपालिकामा ३ लाख ५३ हजार ३ सय २९ रुपैयाँको स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
यूएमएनका परियाेजना म्यानेजर ईश्वर के. सि.र मञ्चका पूर्व अध्यक्ष विक्रम खनालले संयुक्त रुपमा चिसापानी अस्पतालका मेडिकल अफिसर डा.शान्ति के.सि. र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्तालाई छुट्टाछुट्टै कार्यक्रमकाबीच सामग्री प्रदान गर्नुभएको हो ।
यूएमएनले पश्चिम नवलपरासीमा ईन्द्रेणि सामाजिक विकास मञ्च मार्फत जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय , जिल्ला स्वास्थ्य कार्यालय तथा सुनवल नगरपालिकामा रहेकाे आईसाेलेसन सेन्टर, पृथ्वीचन्द्र अस्पताल, चिसापानी अस्पताल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका, पत्रकार, हाेम आईसाेलेसनमा रहेका काेराना संक्रमित व्यक्ति, यूएमएनका फिल्ड स्टाफ र साझेदार संस्था तथा रुपन्देहीमा सुनगाभा सामुदायिक विकास केन्द्र मार्फत कञ्चन र गैडहवा गाउँपालिकामा गरि २६ लाख ७९ हजार ५ सय ८३ रुपैयाँको स्वास्थ्य सामग्री प्रदान गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस