२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकालाई साढे तीन लाख बढीको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) १०३७ पाठक संख्या

मोहन पौडेल
परासी, १३ जेठ । पश्चिम नवलपरासीको पाल्हीन्नदन गाउँपालिकालाई साढे तीन लाख बढीको स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।

युनाईटेड मिसन टु नेपाल(युएमएन)को सहयोग तथा साझेदार संस्था ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर र सुनवल सामुदायिक विकास केन्द्रले संयुक्त रुपमा गाउँपालिकालाई रु तीन लाख ५३ हजार ३२९ बराबरको स्वास्थ्य सुरक्षा तथा उपकरण सामग्री हस्तान्तरण गरेका हुन् ।
दोस्रो लहरको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएकोले कोरोना नियन्त्रण, रोकथाम र उपचारमा थप प्रभावकारी कार्य गर्न गाउँपालिकालाई उक्त सहयोग गरिएको कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै संविधानसभा सदस्य एवंं ईन्द्रेणी सामाजिक विकास मञ्चका पूर्व अध्यक्ष विक्रम खनालले बताउनुभयो ।
साझेदार संस्थाको तर्फबाट युएमएन नवलपरासी कलस्टरका ट्रेनिङ् म्यानेजर बालकृष्ण पाण्डे र ईन्द्रेणीका सचिव होमराज कुंवर तथा  बुझिलिने गाउँपालिकाको तर्फबाट स्वास्थ्य शाखा प्रमुख धर्मजीत पटेलको हस्ताक्षर रहेको पत्र गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्तालाई हस्तान्तरण गरिएको युएमएनकी टिम लिडर सबु तामाङ्ले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
अध्यक्ष गुप्ताले कोभिड १९ संंकट व्यवस्थापनका लागि हातेमालो गर्दै सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । गाउँपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन प्रदीप तिवारीका अनुसार सर्जिकल मास्क १४० बक्स, के एन ९५ मास्क २५ थान, ५ लिटरको सेनिटाइजर आठ बोत्तल, ५०० एमएलको सेनिटाईजर २३ बोत्तल, सेनिटाईजर १०० एमएल ४४ बोत्तल, हेन्ड वास लिक्वेड जेल २५० एमएलको दश बोत्तल, ग्लब्स ४४ बक्स, फेस शिल्ड ५० थान गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
यस्तै अक्सिमिटर सात थान, पिपिई ४५ सेट, एएनसि बेड एक थान, डिसईन्फेक्टन्ट ५ लिटरको चार बोत्तल, थर्मल गन आठ थान, गम बुट तीन सेट, साबुन १८० थान, टोपि ३० थान, ईलेक्ट्रिक डिस ईन्फेन्क स्प्रे एक थान र ईलेक्ट्रिक सुक्सन मेसिन एक थान प्राप्त भएको तिवारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस