२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लायन्स क्लब अफ नवलपरासीको व्यवस्थापनमा थप २० थान अक्सिजन सिलिन्डर रिफिल गरि सहयोग

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

परासी, १३ जेठ । लायन्स क्लब अफ नवलपरासीको व्यवस्थापनमा थप २० थान अक्सिजन सिलिन्डर रिफिल गरि पृथ्वी चन्द्र अस्पताललाई हस्तान्तरण गरिएको छ ।
क्लबकि सदस्य नानू कुमारी खड्काका अष्ट्रेलियामा अध्ययनरत दुई छोरी स्वेता र आस्था खड्काबाट प्राप्त रकमबाट २० वटा अक्सिजन सिलिन्डर रिफिल गरि अस्पतालका निमित्त मेसु डाक्टर मोहम्मद नुरुल होदालाई सहयोग गरिएको हो ।
दोस्रो लहरको कोरोना भाईरस संक्रमण र मृत्युदर बढेर भयावह स्थित आईरहेको तथा अक्सिजन नपाएर कतिपयले अकालमा ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गरेर उक्त सहयोग गरेको खड्काले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
क्लबकि अध्यक्ष सम्झना चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाकि उपमेयर रम्भा कुँवरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय,पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोँहार, लायन्स क्लब ईन्टरनेश्नल ३२५ बि टु नेपालका डिष्ट्रिक कोर्डिनेटर श्यामकुमार बस्याल, लायन्स क्लब अफ नवलपरासी रामग्रामकि अध्यक्ष समा बस्याल लगायतको सहभागिता रहेको थियोे । लायन्स क्लब अफ नवलपरासीले यसअघि ४० वटा अक्सिजन सिलिन्डर रिफिल गरि अस्पताललाई हस्तान्तरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस