२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा बुधबार १४५ जना कोरोना संक्रमणमुक्त

२०७८ जेष्ठ १२, बुधबार प्रकाशित ( साल अघि) ८१२ पाठक संख्या

परासी, १२ जेठ । पश्चिम नवलपरासीमा आज एकैदिन एक सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज दुई सय २३ जना नयाँ संंक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलका अनुसार जिल्लामा हालसम्म दुई हजार तीन सय ३५ जनाले कोरोना जित्न सफल भएका छन् । अब जिल्लामा संक्रिय सक्रमितको संख्या एक हजार ४६९ पुगेको छ ।
आज पाल्हीनन्दन २ का ४५ वर्षीय पुरुष र रामग्राम ८ का ६२ वर्षीय पुरुषको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ ।
आज सबैभन्दा धेरै बर्दघाट नगरपालिकामा १७६ जना संक्रमित थपिएका छन् । यसैगरी रामग्राम नगरपालिकामा २३, सुनवलमा दश, सरावलमा ५, पाल्हीनन्दनमा ४, सुस्तामा ३ र प्रतापपुरमा दुई जना संक्रमित थपिएको कार्यालयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस