२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

किनमेल गर्न भारतीय बजार ठुटीबारी जाने उपभोक्ताको फेरियो दैनिकी

२०८० अषाढ २०, बुधबार प्रकाशित ( साल अघि) ८७४६ पाठक संख्या

 

प्रकाश न्यौपाने/ नारायण भण्डारी
नवलपरासी,२० असार। पश्चिम नवलपरासीको बर्दघाट ०९ बस्ने पुर्णिमा भण्डारी प्रायः जसो साप्ताहिक रुपमा ठुटीबारि जाने गर्थिन । घरमा दैनिक प्रयोजन हुने खाद्यान्न र लत्ताकपडा किन्न ठुटिबारी शनिबार जाने उनको साप्ताहिक सेडुअल नै बनिसकेको थियो ।

बिगत ३ बर्ष देखी हाल सम्म निरन्तर ठुटिबारी जाने र सरसामान किनेर ल्याउने उनको यो सेडुल अहिले भने परिवर्तन भएको पुर्णीमा बताउछिन । उनी भन्छिन -” घरमा आवश्यक पर्ने दाल, चिनी, सर्फ, जिरा, मसलालगायतका सबै सामग्री ठुटी देखी नै ल्याउथ्ये । ”

बर्दघाटकि पुर्णिामा मात्रै होइनन् पाल्हीनन्दन गाउपालिका ०२ बस्ने राम करण हरिजन पनि घरमा चाहिने सम्पुर्ण सरसामान र खाद्यान्नहरु भारतीय बजार ठुटिबारी बाट नै लिएर जान्थ्ये । हरिजन भन्छन -” घरमा धेरै जसो चाहिने सामान भनेको नै चिनी, दाल र सर्फ हो । चिनी नेपाल ९० रुपैया किलो छ ठुटीमा ६४ रुपैयाँ किलो छ । त्यसैले यहाँ भन्दा ठुटीमा सस्तो पाइन्छ ।”

पुर्णिामा भण्डारी र राम करण हरिजन केवल पात्र मात्र हुन । जसले नेपालमा स्थायी रुपमा बसोबास गर्ने तर घर परिवारलाई आवश्यक पर्ने अधिकाश सर सामन भारतिय बजार ठुटिबारीबाट लिने गर्दथ्ये । नेपाली बजारमा भन्दा चिनी, सर्फ, दाल, जिरी, मसलालागायतका कुरा सस्तोमा पाउने आसले धेरै नेपाली उपभोक्ताहरु भारतीय बजार ठुटीबारीमा बजार गर्न जाने गर्दथ्ये । तर अहिले यी दुबैको आफू र आफ्नो घर परिवारलाई आवश्यक पर्ने कुरा नेपाली बजारमा नै किन्ने गर्दछन । हरिजन भन्छन् -“पहिलो त दैनिकी प्रयोग हुने सामग्रीहरु ल्याउदा महेश्वपुर भन्सारमा समान्य चेक जाच हुन्थ्यो र सहजै ल्याउन पाइन्थ्यो तर अहिले त पाइदैन त्यसैले यहि किन्छु ।”

असार ५ गते देखि भारतीय बजारबाट भित्र्याउने एक सय रुपैयाँको सामानमासमेत भन्सार उठाउन सुरु गरे पछि सिमा नाकामा नेपाली उपभोक्ताको आवतजावतमा कमी आएको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि कुमार चुडालले बताउनु भयो । उहाँले भन्नुभयाे- ” असार ५ गतेदेखी महेशपुर सिमा नाकामा कडाइ गरेका छौं । अहिले उपभोक्ताहरु नै सचेत हुनु भएको छ । दैनिकी वा साप्ताहिक रुपमा बजार गर्ने उपभोक्ताहरु निकै कम हुनुहुन्छ ।” महेशपुर भन्सार कार्यालयले भन्सारमा कडाइ गरेसंगै अहिले दैनिक आवतजावत गर्ने सर्वसाधारणको सख्यामा ७५ प्रतिशतले कमी आएको छ ।

महेशपुर भन्सार कार्यालयले सुचना नै निकालेर नेपाल भारतको सिमा नाकामा कडाइ गरेको हो । असार ५ गते देखी अहिले भारतीय बजारबाट ल्याइएका एक सय रुपै‌या भन्दा बढि मुल्यका सामानमा भन्सार उठाइएको चुडालले बताउनु भयो । उहाँ भन्नुहुन्छ -” सुरु सुरुमा दैनिक प्रयोग हुने समान लिन आउने उपभोक्ताहरुलाई सम्झाउन र बुझाउन निकै कठिन भएको थियो । तर अहिले त धेरै उपभोक्ताहरु सचेत हुनु भएको छ ।”

भारतिय बजारबाट बिना भन्सार नेपालमा सामान आउँदा राजस्व न्यून उठ्ने गर्दछ । अहिले सरकारले लिएको एक सय रुपैया मुल्य बराबरको सामानमा पनि भन्सार लिग्ने निर्णयले गर्दा सीमावर्ती क्षेत्रमा हुने अबैध रुपमा हुने कारोबारलाई समेत निरुत्साहित भएको छ । भन्सार कार्यालयले एक सय भन्दा बढी मुल्यमा भन्सार लगाउने भए पछि अहिले सिमावर्ती क्षेत्रमा रहेको भारतिय बजारमा नेपाली उपभोक्ताहरुले साइकल, मोटरसाइकल, इ-रिक्सा, अटोलगायत सवारी साधनहरु लिएर बजार गर्न जाने क्रम रोकिएको छ ।

नेपाल भारतको खुल्ला सिमामा हुने अबैध कारोबार पुर्ण रुपले बन्द हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव प्रसाद भण्डारीले बताउनु भयो । उहाँ भन्नू हुन्छ -” नेपाल भारतको सिमा नाकाबाट दैनिक उपभोग गर्ने सर-सामानहरु नआउँदा नवलपरासीका बर्दघाट, परासी, सुनवललगायत ठाउँहरुको बजार चलायमान हुन्छ र जिल्लाको व्यापार पनि राम्रो राम्रो हुन्छ ।”

नेपाली उपभोक्ताहरुमा सिमा नाकामा रहेको भारतिय बजारमा सस्तो सामान पाइने भन्दै नेपाली उपभोक्ताहरु सिमा नाकामा रहेको भारतीय बजार जाने गरेको पाइन्छ । भन्सार कार्यालय र प्रहरीको सक्रिय निरन्तर भएमा सिमा नाकामा हुने कारोबारमा नियन्त्रण गर्न सकिने चेम्बर अफ कमर्स नवलपरासीका अध्यक्ष चन्द्र ज्योति बस्यालले बताउनु भयो । उहाँले भन्नुभयाे- ‘भन्सार कार्यालयले अहिले गरेको निर्णय साकारात्मक रहेको छ । जसले गर्दा नेपाली व्यवसायीहरुको व्यापारमा राम्रो हुन्छ र राजस्व संकलनमा पनि वृद्धि हुन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५६%२९%१०%४%१२%२५%

प्रतिक्रिया दिनुहोस