२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लायन्स क्लब अफ नवलपरासीद्धारा अक्सिजन सिलिन्डर रिफिल गरि हस्तान्तरण

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) ८६८ पाठक संख्या

परासी, ९ जेठ । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा अक्सिजनको अभाव हुन नदिने अभियानमा सहयोगी हातहरु बढ्दै गएको छन् ।
यसैक्रममा लायन्स क्लब अफ नवलपरासीले ४० वटा अक्सिजनका सिलिन्डर रिफिल गरेर सहयोग गरेको छ ।
आज पहिलो चरणमा २० वटा भरिएका सिलिन्डर अस्पताललाई हस्तान्तरण गरिएको क्लबकि अध्यक्ष सम्झना चौधरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
क्लबकि अध्यक्ष चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाकि उपमेयर रम्भा कुँवरको प्रमुख आतिथ्यमा अस्पतालका निमित्त मेसु डाक्टर मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरिएको हो । थप २० वटा सिलिन्डर भोलि भरेर हस्तान्तरण गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।

20210523_195819

उपमेयर एवं क्लबकि प्रथम उपाध्यक्ष कुँवरले अक्सिजनको अभावमा कसैले पनि अकालमा मृत्युुवरण गर्न नपरोस् भन्ने उद्देश्यले क्लबका सदस्यहरु र केही जनप्रतिनिधिहरुबाट रकक संकलन गरि सहयोग गरेको बताउनुभयो । 

सहयोग अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
उक्त अभियानमा रामग्राम- २ का वडाध्यक्ष चन्द्रिका अग्रहरी,वडा नं ८ का वडाध्यक्ष महेन्द्र ठाकुर,वडा नं ३ का कार्यबाहक वडाध्यक्ष सुरज पाण्डे, वडा नं ५ का वडा सदस्य चन्द्रप्रकाश गुप्ता लगायतको पनि विशेष सहयोग रहेको क्लबले जनाएको छ । लायन्स क्लब अफ नवलपरासीमा यश क्षेत्रका महिलाहरुको मात्रै आबद्धता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस