२०८२ भाद्र १६, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा शनिबार १३५ जना कोरोना संक्रमणमुक्त

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) १२२९ पाठक संख्या

मोहन पौडेल

परासी, ८ जेठ । पश्चिम नवलपरासीमा आज एकैदिन १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ६५ पुगेको छ ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोन फोकल पर्सन देवीलाल पौडेलका अनुसार अहिलेसम्म प्रतापपुरमा ६५ जना, सुस्तामा ७७ जना, रामग्राममा ५७८ जना, सरावलमा ७६ जना, पाल्हीनन्दनमा १५२,बर्दघाटमा ४५७, सुनवलमा ६६० जनाले कोरोना जितेका छन् ।
जिल्लामा कुल संक्रमित तीन हजार ५५८ मध्ये हाल एक हजार ३७९ जना सक्रिय संक्रमित रहेका छन् । यसैबीच आज पश्चिम नवलपरासीमा महिला ३५ र पुरुष २४ गरी ५९ जना संक्रमित थप भएका छन् । ती मध्ये ५६ जनाको आरटिपिसिआर र तीन जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको हो ।
कार्यालयका अनुसार आज सुनवलमा २१, बर्दधाटमा १७,सुस्तामा ११,रामग्राममा ५, सरावलमा ४ र प्रतापपुरमा एक जना थपिएका हुन् । यस्तै आज कोरोना संक्रमणबाट जिल्लामा तीन जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%३%

प्रतिक्रिया दिनुहोस