२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अक्सिजनको अभाव हुन नदिन बर्दघाटका व्यवसायी निरन्तर खटिँदै

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

रामु भुसाल
बर्दघाट, ६ जेठ । नयाँ भेरियन्टसहितको कोरोना भाईरस संक्रमण तीव्र रुपमा बढिरहँदा अक्सिजन अभाव हुन नदिन पश्चिम नवलपरासीको बर्दघाटका उद्योगि व्यवसायी निरन्तर लागिपरेका छन् ।
कोरोना संक्रमण भई अक्सिजनको अभावबाट कुनै पनि नगरवासीले अकालमा मृत्युवरण गर्न नपरोस् भनेर बर्दघाट उद्योग वाणिज्य संघसहित बर्दघाट बजार विकास समिति, पञ्चनगर बजार विकास समिति र जिमिरेभार व्यापार संघले संयुक्त रुपमा मिलेर अक्सिजन सिलिन्डर संकलन र रिफिल गर्ने कार्यमा निरन्तर अभियान चलाएका हुन् ।
बर्दघाट नगरपालिकामा कोरोना संक्रमितको उपचार सुरु गरेदेखी नै बर्दघाट उद्योग वाणिज्य संघको नेतृत्व र बर्दघाट बजार विकास समिति ,पञ्चनगर बजार विकास समिति, जिमिरेभार व्यापार संघको अगुवाईमा दैनिक ३० देखी ४० वटा खाली अक्सिजनका सिलिन्डर भरेर सहयोग गर्दै आएको बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत यस महामारीको बेला मानव जीवन रक्षा नै महत्त्वपूर्ण रहेको बताउदै ती संस्थाका पदाधिकारीहरु स्वयम् खटेर आफ्नै लगानीमा सिलिन्डर भरेर अस्पतालसम्म पुर्‍याउने गरिएको बर्दघाट बजार विकास समितिका अध्यक्ष ताराप्रसाद गौतमले बताउनुभयो।
अक्सिजन सिलिन्डर रिफिलका लागि बर्दघाट नगरका व्यवसायीहरुले सक्दो आर्थिक सहयोग गर्दै आएका छन्।
अस्पतालहरुमा अक्सिजन सिलिन्डर अभाव हुन नदिने र माहमारी साम्य नहुन्जेल आफूहरु निरन्तर सहयोग अभियानमा रहने पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाईले बताउनुभयो ।
जिमिरेभार व्यापार संघका अध्यक्ष चिरञ्जिवी सुवेदीले नवलपरासीमा अक्सिजन सिलिन्डर रिफिल गर्ने उद्योग नहुँदा रुपन्देही जानुपर्ने र त्यहाँ पनि पहिलो प्राथमिकता रुपन्देहीलाई दिने गरेकोले घण्टौ लाईन बसेर मात्र भरिएका सिलिन्डर ल्याउनुपर्ने बाध्यता रहेकोले अब उद्योगि व्यवसायीको सक्रियतामा बर्दघाटमै मिनी अक्सिजन प्लान्ट निर्माणको लागि पहल थालिएकोले सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ ।
यसैबीच चिसापानी अस्पतालको आइसोलेशनलाई बर्दघाट नगरका ब्यापारीक संगठनको अगुवाइमा फ्रिज हस्तान्तरण गरिएको छ ।
अभियानमा रहेका सोही चारवटा संघ संस्थाका पदाघिकारीहरुले आफ्नै लगानीमा रु ५१ ह्जार बराबरको फ्रिज सहयोग गरेका हुन् । अस्पतालमा औषधी र इनजेक्शन राख्नको लागि फ्रिजको अभाव महसुस भएकोले आफ्नै लगानीमा सो समान सहयोग गरेको हस्तान्त्रण बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
उक्त अवसरमा अस्पतालका अध्यक्ष एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले सहयोगी सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस