२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जिल्ला रेडक्रसद्धारा पाल्हीनन्दन गाउँपालिकालाई आईसोलेशन व्यवस्थापन सामग्री सहयोग

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) ९११ पाठक संख्या

मोहन पौडेल
परासी, ६ जेठ- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले पाल्हीनन्दन गाउँपालिकालाई आईसोलशन व्यवस्थापनका सामग्री सहयोग गरेको छ । गाउँपालिकाले पाल्हीनन्दन– ४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिरहेको आईसोलशन सेन्टरको व्यवस्थापनका लागि आज रेडक्रसले रु एक लाख बढीको आईसोलेशन व्यवस्थापन र स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन स्थानीय तहबाट व्यवस्थापन भएका आईसोलनशन सेन्टरमा खानेपानी तथा स्वास्थ्य सरसफाइका सामग्री एवंं आईसोलेशनमा रहेका बिरामीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरिएको रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)लाई रु एक लाख १३ हजार ६२६ बराबरको आईसोलेशन व्यवस्थापन र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
रेडक्रस जिल्ला शाखाबाट एक हजार लीटरको पानी ट्याङ्की एक थान, आरो फिल्टर एक सेट, एक हर्ष पावरको पानी तान्ने मोटर एक दर्जन,चार लीटरको विद्युतीय किल्टी चार थान, तीन लीटरको विद्युतीय भ्याकुम थर्मस चार थान, दश लीटरको पेडल डष्टबिन बाह्र थान, ५० लीटरको प्लाष्टिक डष्टबिन तीन थान बोत्तल तीन थान प्राप्त भएको गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
उहाँका अनुसार हरपिक छ थान, शौचालय ब्रस छ थान, फिनाईल छ थान, स्याम्फु पाँच दर्जन, साबुन डब्बा पन्ध्र थान, नुहाउने साबुन पन्ध्र थान, कपडा धुने साबुन पन्ध्र थान, रुमाल पन्ध्र थान र सेनेटरी प्याड पन्ध्र थान स्वास्थ्य सरसफाइका सामग्री पनि रेडक्रसबाट प्राप्त भएको छ । अध्यक्ष गुप्ताले कोरोना महामारी सङ्कट व्यवस्थापनमा सहयोग गरेको भन्दै रेडक्रसलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रेडक्रसका जिल्ला सभापति अग्रहरीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्य,गाउँपालिका अध्यक्ष गुप्ताको विशेष आतिथ्य र रेडक्रसका वरिष्ठ शाखा अधिकृत मुरारी गुप्ताको सञ्चालनमा कार्यक्रम भएको पाल्हीनन्दन गाउँपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन प्रदीप तिवारीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस