२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

फार्मेसी संघ नवलपरासीले गर्यो प्रमाणपत्र वितरण तथा भित्तेपात्रो विमोचन

२०८० बैशाख २८, बिहिबार प्रकाशित ( साल अघि) ६२३ पाठक संख्या

परासी, २८ वैशाख । नेपाल फार्मेसी संघ नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले प्रमाणपत्र वितरण तथा भित्तेपात्रो विमोचन गरेको छ । संघले आज परासीमा एक कार्यक्रम गरी संघका जिल्ला कार्य समितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको हो भने नयाँ वर्ष २०८० को अवसरमा संघले प्रकाशन गरेको भित्तेपात्रो पनि विमोचन गरिएको हो ।
नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द तिवारी र जिल्ला अध्यक्ष विनोद कुमार पालले संयुक्त रुपमा भित्तेपात्रो बिमोचन तथा प्रमाणपत्र वितरण गर्नुभएको संघका जिल्ला उपाध्यक्ष बलिराम कोईरीले जानकारी दिनुभयो ।

F2

 

फार्मेसी क्षेत्रको पेशागत हकहितका लागि भन्दै केहीसमय अघि जिल्लाका फार्मासिस्टहरुको भेलाले नवलपरासीमा पनि नेपाल फार्मेसी संघको जिल्ला समिति गठन गरेको थियो । सोही समितिका पदाधिकारीहरुलाई आज प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष ढकालले संघीयताका मर्म अनुरुप स्थानीय तहमा फार्मासिस्टहरुको सेवा पहिचान गर्न केन्द्रीय समितिले पहल शुरु गरेको बताउनुभयो ।
त्यसका लागि केन्द्रीय उपाध्यक्ष बिना भट्टको नेतृत्वमा कार्यदल बनाई प्रतिवेदनको खाका पेश गर्न एक महिनाको समय दिईएको उहाँले बताउनुभयो । सबै फार्मासिस्टहरुले स्थानीय तहमा दरबन्दी स्थापनाका लागि दबाब दिन पनि उहाँले आग्रह गर्नुभयो । नेपालका सबै जिल्लामा संघको कार्य समिति विस्तार गर्न संघले अभियान चलाईरहेको बताउँदै जिल्ला समितिलाई तीन महिनाभित्र पूर्णता दिन आग्रह गर्नुभयो । संघले आफ्ना सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि तालिम प्रदान गर्न आवश्यक तयारी थालिएको पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द तिवारीले फार्मेसी व्यवसाय संवेदनशील व्यवसाय भएकोले कुशलतापूर्वक औषधी खरिदबिक्री गर्न आग्रह गर्नुभयो । उहाँले फार्मेसी सञ्चालनका लागि तोकिएका मापदण्ड पूरा गर्दै सेवा प्रदान गर्न जोड दिँदै सबै फार्मेसी व्यवसायीले संघले तोकेका कलरमा साईनबोर्ड बनाई एकरुपता कायम गर्न आग्रह गर्नुभयो ।
संघका जिल्ला अध्यक्ष पालले धेरै ठाउँमा अनुमति विना योग्यता नपुगेका व्यक्तिले फार्मेसी सञ्चालन गरिरहेको भन्दै त्यसको नियमन गर्न आवश्यक रहेको बताउनुभयो । अयोग्य व्यक्तिबाट सञ्चालन भएका फार्मेसी बन्द गराउन स्थानीय तहले पहल गर्नुपर्ने उहाँको माग थियो । कार्यक्रम संघका महासचिव हरिशचन्द्र जोशीको सञ्चालनमा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस