२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

स्थानीय युवाले गरे सुनवल नगरपालिकालाई ४० थान अक्सिमिटर हस्तान्तरण

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) ८४२ पाठक संख्या

परासी, ४ जेष्ठ । कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच गर्न सुनवलका केहि मनकारी युवाले नगरपालिकालाई ४० थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन् ।
आईसोलेशनमा बसिरहेका कोभिड–१९ संक्रमितहरुको अक्सिजन लेबल जाँच्नका लागि यो अक्सिमिटर नगरपालिकालाई हस्तान्त्रण गरिएको हो । अहिलेको महामारीका बेला देशभरि नै अक्सिजन र अक्सिमिटर अभाव भईरहेका बेलो सुनवलका ३ जना युवाले मिलेर ४० थान अक्सिमिटर खरिद गरि सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाक्षेत्री, उपप्रमुख दधिराम अर्यालसहित नगरपालिकाको टोलीलाई हस्तान्त्रण गरेका हुन ।
सुनवल नगरपालिकाका नगर प्रमुख थापाका भाई खिम बहादुर थापाक्षेत्रीले ११ थान, सुनवल ३ निवासी ज्ञानु गुरुङ्ग र उनका छोरा अभिनाश गुरुङ्गले २९ गरि कुल ४० थान पल्स अक्सिमिटर नगरपालिकालाई हस्तान्त्रण गरेका हुन् ।
पल्स अक्सिमिटर ग्रहण गर्दै नगर प्रमुख थापाले यस्तो माहामारीको समयमा यो सहयोग निकै मह्त्व राख्ने भन्दै महामारी रोकथाम र संक्रमित विरामीहरुको उपचारमा सबैले आवश्यक सहयोग र भुमिका खेल्न जरुरी रहेको बताए । हस्तान्त्रणको अनौपचारिक कार्यक्रममा नगर उप प्रमुख दधिराम अर्याल, सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले कोभिड रोकथामका लागि सबैले आ–आफनो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस