२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रेडक्रसका स्वयम्सेवकलाई महामारी नियन्त्रण सम्बन्धी प्रशिक्षण

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित ( साल अघि) ४२१ पाठक संख्या

मोहन पौडेल
परासी, १० चैत । पश्चिम नवलपरासीमा रेडक्रसका स्वयमसेवकहरुलाई महामारी नियन्त्रणको विषयमा प्रशिक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले क्यानेडियन रेडक्रसको सहयोगमा रेडक्रसका स्वयमसेवक र रेडक्रसकर्मीहरुलाई तीन दिनको तालिम दिएको हो ।
सुनवलमा सञ्चालित उक्त तालिममा रेडक्रस जिल्ला शाखाका पदाधिकारी, उपशाखाका प्रतिनिधि तथा समुदायमा कार्यरत स्वयमसेवकहरुको सहभागिता रहेको थियो । समुदायमा विभिन्न समयमा आउन सक्ने महामारी रोग, बाढीडुबान लगायत आपतकालिन अवस्थामा तालिम प्राप्त स्वयमसेवकको माध्यमबाट तत्काल रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र प्रसाद अग्रहरीले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
तालिम प्राप्त स्वयमसेवक तथा रेडक्रसकर्मीहरुले महामारीको समयमा समुदायमै पुगेर आवश्यक सचेतना जगाउने तथा उद्धार एवं महामारीकोक समयमा विपत्ती परेका नागरिकलाई सावधानीको उपाय, सरसफाइ सम्बन्धि सचेतना तथा महामारी नियन्त्रणका लागि आवश्यक अन्य कामहरु तत्कालै गर्न सक्ने गरी प्रशिक्षण गरिएको उहाँले बताउनुभयो । यस तालिमको माध्यमबाट रेडक्रसका स्वयमसेवकबाट सामुदायमा प्रदान गरिने स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सभापति अग्रहरीले तालिममा सिकेका कुरालाई व्यवहारमा रुपान्तरण गर्न जोड दिनुभयो ।
तालिममा रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन, रेडक्रसका कार्यक्रम अधिकृत अनुप खड्का,रेडक्रस केन्द्रीय कार्यालयकी रेखा भट्ट लगायतले आपतकालिन अवस्थाको अर्थ, महामारी र महामारी नियन्त्रणको सिद्धान्त, समुदायको नक्सांकन,महामारी नियन्त्रणका उपाय, पानीजन्य रोग,हावाबाट हुने रोग,व्याक्टेरियाबाट हुने रोग, खोपबाट बच्न सकिने रोग,मनोवैज्ञानिक प्राथमिक उपचार र दु्रत स्वास्थ्य मुल्यांकन लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । सहभागिहरुलाई समुदामा व्यवहारिक अभ्यास पनि गराईएको थियो ।
तालिम समापन कार्यक्रममा रेडक्रसका जिल्ला उपसभापति कृष्ण प्रसाद लामिछाने, रामग्राम नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन, रेडक्रस जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्री, प्रशिक्षक अनुप खड्का लगायतले तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

R2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस