२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विद्यार्थी बेहोस हुन थालेपछि परासीको आदर्श माविको पठनपाठन बन्द, विद्यार्थीको उपचार हुँदै

२०७९ फागुन १५, सोमबार प्रकाशित ( साल अघि) १०७७ पाठक संख्या

मोहन पौडेल
परासी, १५ फागुन । पश्चिम नवलपरासीको परासीस्थित आदर्श माविका छात्राहरु ऋचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार विद्यालयमा प्रार्थना समयमा ६ जना छात्राहरु बेहोस् भएका थिए । आज विद्यालय शुरु हुनै लाग्दा थप दश जना छात्राहरु बेहोस् भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि पठाईएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।
रोग पत्ता नलागेपछि अन्य विद्यार्थीहरुलाई संक्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा विद्यालय आज र भोली बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ । अस्पतालमा हाल दश जना छात्राहरु उपचारमा रहेको र संख्या बढ्दै गएको पृथ्वीचन्द्र अस्पतालका मेसु डा.मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो । हिजो आएका तीन जनालाई उपचार पछि घर पठाईएको र आज दश जनाको उपचार भईरहेको उहाँले बताउनुभयो । यो मास हिस्टेरिया हुन सक्ने भएकोले विद्यालयमै पुगेर अध्ययन गरिने उहाँले बताउनुभयो । मानसिक समस्याका कारण यस किसिमको रोग देखिने भएकोले स्वास्थ्यकर्मी परिचालन गरेर विद्यालयका शिक्षक, अभिभावकलाई काउन्सिलिङ गर्न लागिएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%४%३%

प्रतिक्रिया दिनुहोस