२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाद्वारा कैदीबन्दीलाई स्वास्थ्य सामग्री बितरण

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित ( साल अघि) ६८१ पाठक संख्या

परासी ३ जेठ। रामग्राम नगरपालिकाले कैन्दिबन्दीलाई मास्क र सेनेटाईजर बितरण गरेकाे छ ।रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जिल्ला कारागार पश्चिम नवलपरासीका निमित्त जेलर ईश्वरी आचर्य मार्फत कैदीबन्दिहरूलाई मास्क र सेनेटाईजर बितरण गर्नुभएको हो ।
नयाँ भेरियन्ट सहितको कोभिड-१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री बितरण गरिएकाे नगर प्रमुख गुप्ताले जानकारी दिनुभय‍ो ।
जिल्ला कारगारका कैदीबन्दीलाइ सुरक्षित राख्न बाहिरी संघ संस्थाहरुबाट सहयोग हुन नसकेको बेला नगर प्रमुख गुप्ताले स्वास्थ्य सामग्री कारगारमा बितरण गरेकाे बताउनुभयो । गुप्ताले केहिदिनमै थप आवश्यक औषधि, भिटामिन्स, जिन्क, मास्क, सेनिटाइजर, ग्लोब्स सहयोग गर्ने प्रतिबद्धता जनाउदै यसबाट कैदीबन्दीहरुको मनोबल पनि उच्च रह्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख रम्भा कुँवरले कारगारमा रहेका कैदीबन्दीहरुको मनोबल उच्च राख्न स्वास्थ्य सामग्री, आवश्यक औषधि र टेस्ट, बिरामीलाई उपचारका लागि एम्बुलेन्स समेतको सहयोगमा नगरपालिकाले सधै भरि सहयोग गर्ने बतनउनुभयो।
उप प्रमुख कुँवरले कोभिड १९ रोकथामका लागि खटिने स्वास्थ्यकर्मी, प्रहरी प्रशासन र कर्मचारीहरुलाइ विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्दै आएपनि कैदीबन्दीहरु पनि यसै देशको नागरिक भएकोले उनिहरुलाइ कोभिड बाट बचाउन र मनोबल बढाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
निमित्त कारगार प्रमुख इश्वरी आचार्यले कारगारमा बाहिरबाट आउने कैदीबन्दीहरुलाइ पिसिआर परिक्षण गरि मात्र कारगार चलान गरिएको तथा यहाँ खटिने सुरक्षाकर्मी र कर्मचारीहरुले पनि स्वास्थ्य मापदण्ड अपनाउने गरेको बताउनुभयो । तर पनि भाइरल ज्वरो र फ्लूको संक्रमण हुने समय रहेकाले कैदीबन्दीहरुले स्वास्थ सामग्रीको अभावकै कारण उचित सुरक्षाका मापदण्ड अपनाउन नसकेकाले त्रसित भैरहेको बेला नगरपालिकाले दिएको सहयोग महत्त्वपूर्ण रहेको निमित्त जेलर आचार्यले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस