२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

बैंकर्स क्लब परासीद्धारा अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित ( साल अघि) ४८६ पाठक संख्या

परासी, ३ जेठ । बैंकर्स क्लब परासीले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष प्रकाश भण्डारी नेतृत्वको टोलीले आज स्वास्थ्य सामाग्रीहरु प्रशासन कार्यालयलाई हस्तान्तरण गरेपछि प्रशासनले पुनः त्यो सामग्रीहरु पृथ्वीचन्द्र अस्पताललाई हस्तान्तरण गरेको हो ।
क्लबले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई १० थान अक्सिजन, १० थान पिपिई सेट, १० थान मास्क, ५ थान ग्लोब्स्, २० थान फेस सिल्ड, २ ग्यालन सेनिटाईजर हस्तान्तरण गरेको क्लबका अध्यक्ष प्रकाश भण्डारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी मिश्रले परासीका बैंकर्सहरु निकै समाजप्रतिको उत्तरदायि भएर सामाग्रीहरु सहयोग गरेको देखेर खुशी लागेको र आगामी दिनमा यस्तै खालको थप सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
यस क्लबमा परासीका सबै कमर्शियल बैंकका ब्रान्च म्यानेजर सहित बैंकका कर्मचारीहरु आवद्ध छन् । देशभरि नै अक्सिजन र स्वास्थ्य सामग्रीहरुको अभाव भैरहेको बेला परासीका बैंकका कर्मचारीहरुको सहयोगको भावनाले आफै–आफैमा चन्दा उठाएर स्वास्थ्य सामग्रीहरु खरिद गरि प्रशासन कार्यालय मार्फत पृथ्वीचन्द्र अस्पताललाई हस्तान्त्रण गरिएको बैंक अफ काठमाण्डौका कर्मचारी जितेन्द्र अग्रहरीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरी, क्लबका अध्यक्ष एवं नेपाल एसबिआई बैंक परासीका ब्रान्च म्यानेजर पभण्डारी, सनराई बैंक लिमिटेड परासीका प्रबन्धक सुनिल ज्ञवाली, बैंक अफ काठमाण्डौ परासीका प्रबन्धक मदन गौतम, एनएमबी बैंक परासीका प्रबन्धक अर्जुन ज्ञवाली, बैंक अफ काठमाण्डौका कर्मचारी जितेन्द्र अग्रहरीको उपस्थिती रहेको थियो ।
पटक पटक पृथ्वीचन्द्र अस्पतालमा अक्सिजनको सहित केहि स्वास्थ्य सामग्रीहरुको अभाव सुनिरहदा परासीका बैंकका कर्मचारीहरुले आफैमा रकम उठाई पहिलो चरणमा यो सहयोग गरेको र अगामी दिनमा थप सहयोग गर्ने क्लबका अध्यक्ष भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस