२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

पाल्हीनन्दनमा कोरोना संक्रमितलाई नि:शुल्क एम्बुलेन्स सेवा

२०७८ जेष्ठ २, आईतबार प्रकाशित ( साल अघि) ९३६ पाठक संख्या

परासी , २ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिका भित्रका कोरोना संक्रमित विरामीलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक ) ले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
गाउँपालिकाले कोरोनाको पहिलो लहरबाटै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको छ । संक्रमितलाई जिल्ला भित्रका अस्पताल वा बुटवल भैरहवा लगायतका अस्पतालमा पुर्‍याउन गाउँपालिकामा रहेका तीनवटा एम्बुलेन्स व्यवस्था गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
गाउँपालिकाले सञ्चालन गरेका दुईवटा र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको एउटा एम्बुलेन्स रहेको छ । गाउँपालिकाले लोहरोलीमा अक्सिजन सहितको आईसोलेशन सञ्चालन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस