२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

उनवछ् स्वास्थ्य चौकी उजैनीले दिन थाल्यो परिवार नियोजनको अस्थायी साधन ईम्प्लान्ट सेवा

२०७९ पौष ७, बिहिबार प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

 

मोहन पौडेल
परासी, ७ पुस । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ स्थित उनवछ स्वास्थ्य चौकीबाट परिवार नियोजनको अस्थायी साधन ईम्प्लाण्ट सेवा दिन थालिएको छ । स्वास्थ्य चौकीका तालिम प्राप्त जनशक्तिबाट महिलाहरुको लागि परिवार नियोजनको अस्थायी सेवा दिन थालिएको हो ।
विगत एक महिनादेखि यो सेवा शुरु गरिएको र यो साधन प्रयोग गर्न चाहे अब सदरमुकाम वा अन्यत्र जान नपर्ने स्वास्थ्य चौकीका ईन्चार्ज रतन कुमार लाल दासले दैनिक24 खबरलाई जानकारी दिनुभयो । यसबाट महिलालाई नजिकको स्वास्थ्य चौकीमा सेवा लिन सहज, समयको बचत र आर्थिक व्ययभार पनि कम हुने उहाँको भनाई छ ।
यो स्वास्थ्य चौकीमा यसअघि यो सेवा थिएन् । यो सेवा शुरु भएपछि अहिलेसम्म तीन जनाले परिवार नियोजनको अस्थायी साधन ईम्प्लाण्ट लगाएको ईन्चाज लाल दासले बताउनुभयो । यसअघि उपस्वास्थ्य चौकी हुँदा सामान्य उपचार सेवा रहेपनि अहिले स्वास्थ्य चौकीमा स्तरोन्नती भएपछि यहाँबाट प्रदान गरिने सेवामा वृद्धि गरिएको र यहाँ नागरिक लाभान्वित भएको उहाँले बताउनुभयो ।
यस स्वास्थ्य चौकीबाट यसबाहेक दैनिक बिरामी उपचार सेवा, औषधी वितरण, डे«सिङ र सामन्य शल्यक्रिया, खोप सेवा, बालबालिकाको वृद्धि अनुगमन, गर्भवती तथा सुत्केरी महिलाको चेकजाँच लगायतका सेवाहरु प्रदान गर्दै आएको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बलिराम कोईरीले बताउनुभयो । यहाँ ६ जना प्राविधिक स्वास्थ्यकर्मी कार्यरत हुनुहुन्छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस