२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

समुदायस्तरमा क्षयरोगका बिरामी खोज्दै रामग्राम नगरपालिका

२०७९ पौष ६, बुधबार प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

मोहन पौडेल
परासी, ६ पुस । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले समुदायमा लुकेर रहेका संम्भावित सक्रिय क्षयरोगीहरुको खोजी गर्न थालेको छ। क्षयरोगीमुक्त नगरपालिका बनाउने लक्ष्यका साथमा अभियाननै सञ्चालन गरेर नगरको १८ वडामा संम्भावित क्षयरोगीहरुको खोजी र समुदायमा क्षयरोगको जनचेतना फैलाउन थालिएको हो।
गत पुस २७ गतेबाट अभियान सञ्चालन गरेर क्षयरोगका लक्षणसँग मिल्दोजुल्दो १७२ जना बिरामीको खकारको नमूना संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा सहायक सुरज हरिजनले दैनिक 24 खबर अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियान अघि नगरका ४० जना महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर परिचालन गरिएको थियोे भने नगरपालिकाको स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले नगरका सबै वडालाई केन्द्रीत गरि पाँच स्थानमा शिविर मार्फत खकार संकलन गरिएको हो ।
हकुई,पण्डितपुर,अमरौट,देवगाव र उजैनीमा समुदायस्तरमा गरिएको शिविरबाट ७८ महिला र ९४ पुरुषको खकार संकलन गरि जिल्लास्थित खकार परीक्षण केन्द्रमा पठाईएको छ। हाल नगर भित्र २७ जना सक्रिय क्षयरोगी उपचारमा छन् । उनीहरूको सम्पर्कमा रहेका र समुदायमा लुकेर रहेका क्षयरोगी खोज्न अभियान नै सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
खकार परीक्षणपछि जुनजुन केन्द्रमा क्षयरोगी भेटिन्छ, त्यही वडाको स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधी उपलब्ध गराएर ६ महिनाको उपचार कोष पूरा गरिने शुक्रौली स्वास्थ चौकीका प्रमुख बलराम सापकोटाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस