२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

स्वास्थ्यमन्त्री त्रिपाठीले पठाए पिसीआर मेसिन, अब परासीमै कोरोना परीक्षण हुने

२०७८ बैशाख ३०, बिहिबार प्रकाशित ( साल अघि) ८७२ पाठक संख्या

परासी, ३० वैशाख। कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरी अन्यत्र जिल्लामा पठाउनुपर्ने नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) को बाध्यता हट्ने भएको छ ।
सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा पिसीआर मेसिन आएसँगै स्वाब परीक्षणलाई अन्यत्र जिल्ला पठाउनुपर्ने बाध्यता हट्न लागेको हो ।
जिल्लामा पिसीआर मेसिन नहुँदा बुटवल, भैरहवा पठाउनुपर्ने बाध्यता छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जिल्लावासीको आवश्यकता र मागलाई मध्यनजर गर्दै जिल्ला अस्पतालमा पिसीआर मेसिन पठाउनुभएको हो । मन्त्री त्रिपाठीले गृहजिल्लामा पिसीआर मेसिन उपलब्ध गराएपछि स्वाब परीक्षणमा राहत पुग्ने भएको हो ।
मेसिन आएपनि सञ्चालनमा आउन भने केही समय लाग्ने अस्पतालका अध्यक्ष जगदीश चौधरीले दैनिक
24 खबर डटकमलाई जानकारी दिनुभयो ।
पिसीआर मेसिनको लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले मेसिन सञ्चालन गरी स्वाब परीक्षण गर्न समय लाग्ने उहाँले बताउनुभयो ।
मेसिन सञ्चालनका लागि कम्तीमा तीनवटा कोठा आवश्यक पर्ने तर अस्पतालमा कोठा अभाव रहेकोले व्यवस्थापनका लागि रामग्राम नगरपालिकासँग समन्वय भईरहेको अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो ।
मेसिन आएपनि पूर्वाधार व्यवस्थापन र परीक्षण किट लगायत अन्य आवश्यक स्वास्थ्य सामग्री पनि अभाव रहेको अस्पतालले जनाएको छ । मेसिन सञ्चालनका लागि नगरपालिकाले दुई जना प्राविधिक स्वास्थ्यकर्मीलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालामा तालीमको लागि पठाएको नगरपालिकाले जनाएको छ ।
अहिले जिल्लामा स्वाब संकलन गरि भैरहवा पठाउनु पर्ने बाध्यता छ । त्यहाँबाट रिपोर्ट आउन तीन/ चार दिन लाग्ने गरेको स्वास्थ्य कार्यालय परासीका प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो । जिल्लामै परीक्षण हुन सके छिटो नतिजा प्राप्त हुनुका साथै परीक्षणको दायरा पनि बढाउन सकिने उहाँले बताउनुभयो ।
पिसीआर मेसिन आएपछि जिल्लावासीले खुशी व्यक्त गर्दै छिटो सञ्चालनमा ल्याउन माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%७%१%

प्रतिक्रिया दिनुहोस