२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रतापपुरमा नि:शुल्क कोरोना परीक्षण हुने, आईसोलेशन सेन्टरलाई ईन्द्रेणीद्धारा स्वास्थ्य सामग्री सहयोग

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

Received_487436845934036

मोहन पौडेल
परासी , २४ वैशाख । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले लक्षण देखिएका कोरोना संक्रमितको स्वाव संकलन तथा नि:शुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।

गाउँपालिकावासीको सुञविधाको लागि सेमरीस्थित जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाव संकलन र परीक्षणको व्यवस्था मिलाईएको गाउँपालिकाकि कार्यबाहक अध्यक्ष अञ्जु चौधरीले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
जटिल प्रकृतिका बिरामीका लागि सोही केन्द्रको एम्बुलेन्स तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
अक्सिजन अभावको अवस्थालाई मध्यनजर गर्दै जोखिम न्युनिकरणको लागि प्रतापपुर-९ बेलाटारीस्थित त्रिभुवन क्याम्पसको भवनमा अक्सिजन सहितको पन्ध्र शैय्याको आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

FB_IMG_1620307985610

कोरोना संक्रमण थप फैलिन नदिन र निषेधाज्ञाको पूर्ण पालना गराउन गाउँपालिका सक्रियतापूर्वक लागिपरेका प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले बताउनुभयो ।

  • FB_IMG_1620307981420

यसैबीच प्रतापपुर गाउँपालिकाले सञ्चालन गरेको आईसोलेशन सेन्टरको लागि ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर बर्दघाटले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

  • Received_211012637233855

माक्र्स ,सेनिटाईजर,पिपिई,थर्मल गन,अक्सिजन सिलिन्डर लगायत गरि करिव ४३ हजारको स्वास्थ्य सामग्री मञ्चका अध्यक्ष बद्री सुवेदीले गाउँपालिकाकी कावा अध्यक्ष चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस