२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

बर्दघाट नगरपालिकामा अक्सिजनसहित दश बेडकाे आईसाेलेशन सञ्चालन

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) ८०७ पाठक संख्या

FB_IMG_1620383075479

मोहन पौडेल /गाैरीशंकर जयसवाल 

‌परासी, २४ बैशाख । पश्चिम  नवलपरासीको बर्दघाट नगरपालिकाले अक्सिजन सहितको आईसाेलेशन सेन्टर संचालनमा ल्याएकाे छ ।
नगर र जिल्लामा दोस्रो लहरको कोरोना भाईरस संक्रमण भयावह बन्दै जान थालेपछि नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले आजदेखि अक्सिजन सहितकाे आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको नगर प्रमुख धीरज शर्मा बस्यालले दैनिक 24 खबर डटकमलाई जानकारी दिनभयो ।
बर्दघाट नगरपालिकामा अवस्थित चिसापानी अस्पताल नजिकै नगरपालिकाले बनाएको  आईसाेलेसन भवनमा सेन्टर तयार गरिएको हो ।
‌आज देखि १० बेडकाे अक्सिजन सहित आईसाेलेसन सेन्टर सचालन ल्याईएकाे बताउदै क्रमश वेड र अक्सिजनको मात्रा बढाउँदै २० वेडको पुर्‍याउने नगर प्रमुख बस्यालले बताउनुभयो ।
चिसापानी अस्पतालका चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचारको व्यवस्था मिलाईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो । अक्सिजनका सिलिन्डर पन्ध्र वटा रहेकोले आईतवार थप पाँच वेड थपिने उहाँले बताउनुभयो ।
नगरभित्रका अक्सिजन लेभल कम भएका र स्वासप्रश्वासमा कठिनाई भएका कोभिड बिरामीलाई उपचार गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिका र नगरका जनप्रतिनिधि नगरबासीहरुको स्वास्थ्यमा सम्वेदनशिल रहेको तथा कोभिड बिरुद्वको लडाइमा निरन्तर लागीरहेकोले सबै मिलेर परास्त गर्न सकिने नगर प्रमुख बस्यालले बिश्वास व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस