२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

सरावलमा अक्सिजनसहितको आईसोलेशन तयारी अवस्थामा

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) ९०० पाठक संख्या

Received_223941336158210 Scaled

मोहन पौडेल
परासी , २३ वैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने गरि तयारी अवस्थामा राखेको छ।
दोस्रो लहरको कोरोना भाईरसको संक्रमण भयावह बन्दै गएपछि हरेक पालिकाले आफनो आफनो छुटाछुटै आइसोलेशन बनाउनुपर्ने नीति अनुरुप सरावल – ५ धनगढवा स्थित धान व्लकको भवनमा पाँच वेडको अक्सिजन सहितको आइसोलेशन तयारी अवस्थामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले दैनिक 24 खबर डटकमलाइ जानकारी दिनुभयो ।
नेपाल सरकारले कोभिड अस्पताल सञ्चालनका लागि पठाएको रकमबाट आईसोलेशन निर्माण गरिएको उहाँले बताउनुभयो । अक्सिजन कम भएमा पूर्ति गर्न करिब डेढ लाख लागतमा अक्सिजन उत्पादन गर्ने मेशिन समेत खरिद गरिएको गाउँपालिकालेे जनाएको छ ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङक्रमण पश्चिम नवलपरासीमा बढ्दै जादा निषेधाज्ञा गरिएको र त्यसको पालना गरि स्वास्थ्य सतर्कता अपनाउन नगरबासिहरूलाई  गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले आग्रह गर्नुभएको छ।

गाउँपालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा स्वास्थ्य सतर्कता अपनाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न उहाँले आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस