२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

पाल्हीनन्दनमा अक्सिजनसहितको आईसोलेसन सेन्टर सञ्चालनमा

२०७८ बैशाख २१, मंगलबार प्रकाशित ( साल अघि) ९८३ पाठक संख्या

20210504_140330

मोहन पौडेल
परासी , २१ वैशाख । नयाँ भेरियन्टसहितको कोरोना भाईरसको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेपछि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले अक्सिजनसहितको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको प्रत्यक्ष निगरानीमा सोही केन्द्रको नयाँ भवनमा अक्सिजनसहितको दश बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ताले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
आज देखि सञ्चालनमा आएको उक्त सेन्टरमा हाललाई पाँच वेडमा अक्सिजनको व्यवस्था गरिएको छ । आईसोलेसनका लागि एक जना चिकित्सक सहित स्वास्थ्यकर्मी भर्ना गर्ने प्रक्रिया पनि चलिरहेको उहाँले बताउनुभयो ।
उहाँले सो आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि अस्पतालको चाप कम हुनुका साथै अक्सिजन र वेड अभावमा ज्यान गुमाउने अवस्था कम हुने बताउनुभयो । यो आइसोलेसनले बेड नपाएर छटपटाईरहेका बिरामीलाई राहात पुग्ने जनाउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आफुहरु दिनरात खटिएको उहाँले बताउनुभयो ।
विरामी ल्याउनका लागि आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%५%१%३%

प्रतिक्रिया दिनुहोस