२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम नगरपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या ९३ प्रतिशत

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ४६२ पाठक संख्या

मोहन पौडेल
परासी, १७ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ९३ प्रतिशतले स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेका छन् । आज नगरपालिकामा आयोजित एक कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । यो गत वर्षको भन्दा ३४.८ प्रतिशत वृद्धि हो ।
आर्थिक वर्ष २०७७।०७८ मा प्रोटोकल अनुसार चार पटक गर्भवति जाँच तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने ५८.२ प्रतिशत रहेकोमा आव २०७८।०७९ मा यो संख्या बढेर ९३ प्रतिशत पुगेको नगरपालिकाले जनाएको छ । सुत्केरी पश्चात तीन पटक जाँच गर्ने संख्या पनि बढेर २.९ प्रतिशतबाट २०.४ प्रतिशत पुगेको छ ।

बृद्धि अनुगमनमा आएका २३ महिनासम्मका बालबालिकाको प्रतिशत पनि आव २०७७।०७८ मा ८९.६ प्रतिशत रहेकोमा ०७८।०७९ मा १०६.९ प्रतिशत पुगेको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका सुरज गौतमले जानकारी दिनुभयो ।
आज रामग्राम नगरपालिकामा आयोजित स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दिगोपना र पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धि कार्याशाला गोष्ठीमा आज उक्त जानकारी गराईएको हो । कार्यक्रममा नगर प्रमुख धनपत यादवले शुआहारा कार्यक्रमको सहकार्यले नगरमा पोषण तथा सुनौला हजार दिनका महिला र बच्चाको वृत्ति विकासमा टेवा पुगेको बताउनुभयो । उहाँले शुआहारासँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा शुआहाराका कार्यक्रम संयोजक कृष्ण गुरुङ्ले रामग्राम नगरपालिकासँग सहकार्य गरी हालसम्म पोषण लगायत अन्य कार्यक्रममा भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो । नगर कार्यपालिका, स्वास्थ्य चौकीका प्रमुखहरु, विषयगत शाखा प्रमुखहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा शुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले सहजीकरण गर्नुभएको शुआहारा वेस नेपालका पालिका सहजकर्ता तीर्थ ढुंगानाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस