२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाट नगरपालिकाद्धारा चार वटा एम्बुलेन्स स्थानीय संस्थालाई हस्तान्तरण

२०७९ श्रावण १२, बिहिबार प्रकाशित ( साल अघि) ७४२ पाठक संख्या

मोहन पौडेल
परासी, १२ साउन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स स्थानीय संस्थाहरुलाई हस्तान्तरण गरिएको छ । नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।
बर्दघाट नगरपालिका अन्र्तगत नेपाल रेडक्रस सोसाईटी बुद्धमंगल उपशाखा भटौलिया, नवयुवा क्लव दाउन्नेदेवी, बर्दघाट उद्योग वाणिज्य संघ र चिसापानी अस्पताललाई नगरले सञ्चालन गर्दै आएका एम्बुलेन्स हस्तान्तरण गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
रेडक्रस बुद्धमंगल शाखाका सभापति सुरज केसीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख श्रेष्ठले एम्बुलेन्स संस्थाहरुलाई हस्तान्तरण गरिएपनि प्रसुति सेवा र अशक्त ज्येष्ठ नागरिकलाई नगर भित्रका अस्पतालमा पुर्याउन निःशुल्क सेवा हुने बताउनुभयो । एम्बुलेन्स अभावका कारण कुनै पनि नगरवासीले ज्यान गुमाउन नपर्ने बताउँदै उहाँले एम्बुलेन्सको रेखदेखदेखि सम्पूर्ण जिम्मेवारी संस्थाहरुकै हुने बताउनुभयो ।

23

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस