२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासीका धेरै औषधी पसल सिकारुको भरमा, विरामीको ज्यान जोखिममा, खोई अनुगमन ?

२०७८ चैत्र २३, बुधबार प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

नवलपरासी, २३ चैत । पश्चिम नवलपरासीको सरदमुकाम परासीमा सञ्चालित अधिकांश औषधी पसल सिकारुको भरमा सञ्चालन भईरहेको उपभोक्ताले गुनासो गरेका छन् । सिकारुले मेडिकल, फार्मेसी, ल्याब सञ्चालन गर्दा बिरामीको ज्यान जोखिममा परेको छ ।
लामो समयदेखि यहाँका औषधी पसल सिकारु र अयोग्य व्यक्तिले सञ्चालन गरिरहेपनि सरकारले अनुगमनमा चासो देखाएको छैन् । कतिपयले दर्ता समेत गरेका छैनन् भने दर्ता गरेका पनि अर्केको नाममा दर्ता गर्ने र सिकारुले बिरामी जाँच र औषधी बिक्री गर्दा बिरामीको ज्यान जोखिममा परेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बताउनुभयो ।
“सिकारु मान्छेले औषधीको नाम पनि जान्दैनन्,औषधीको मुल्य पनि मनोमानी लिन्छन्, जान्दै नजानेकाले ल्याब चलाउँछन्, बिरामीको ज्यान जोखिममा छ, अनुगमनमा सम्बन्धीत निकायले चासो देखाएको छैन्”,उहाँले भन्नुभयो ।
परासीसहित जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालित फार्मेसीदेखि औषधी पसल र क्लिनिक अयोग्य व्यक्तिको भरमा सञ्चालन हुनुका साथै औषधीको मूल्य पनि मनपरी लिने गरेको उपभोक्ता बताउँछन् । मानव विषयसँग जोडिएको स्वास्थ्य सेवामा गम्भीर लापरवाही हुँदा पनि नियमन निकायले अनुगमन गरेर कानुनी दायरामा ल्याउनुपर्नेमा मौन बस्नु दुःखद् कुरा भएको ज्ञवालीले बताउनुभयो । छ्याप्छ्याप्ती खुलेका यस्ता औषधी पसलका कारण गुणस्तरीय र विशेषज्ञबाट सेवा दिईरहेका औषधी पसल पनि मारमा परेको औषधी व्यवसायीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२%

प्रतिक्रिया दिनुहोस