२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

प्रेस युनियनको ३३ औं स्थापना दिवसमा पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण

२०८१ जेष्ठ १३, आईतबार प्रकाशित ( महिना अघि) ९७ पाठक संख्या

 

नवलपरासी ,१३ जेठ  ।  नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखा सहित देशभर ३३ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसका अवसरमा देशभर विविध कार्यक्रम गरि मनाएको प्रेस युनियनले जनाएको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा पश्चिम नवलपरासीले पनि परासीमा स्थापन दिवस मनाएको हाे । दिवसका अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरि ३३ औं स्थापना दिवस मनाइएको प्रेस युनियन नवलपरासी शाखाका अध्यक्ष उमेश कुमार बि.कले जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन नवलपरासीका अध्यक्ष उमेश कुमार बि.क काे अध्यक्षता तथा नेपाली काङ्ग्रेस कार्यवाहक जिल्ला सभापति बिक्रम यादवको प्रमुख आतिथ्यतामा पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका ४१ जना विरामीलाई फलफूल बितरण गरिएको हाे।

फलफूल बितरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति यादवले लाेकतन्त्रकाे सच्चा पहरेदारकाे रुपमा रहेको प्रेस जगतले सत्यतथ्य समाचार लेख्दै आएकोमा राज्यले कुनै बहानामा पनि अंकुस लगाउन नहुने बताउदै लाेकतन्त्र प्राप्तिको विभिन्न कालखण्डमा भएको आन्दोलनमा प्रेस जगतको भुमिका प्रशंसनीय रहेको धारणा राख्नुभएको थियो । साथै नेपाल प्रेस युनियन नवलपरासी शाखाले बिरामीलाई फलफुल बितरण गरेको कार्यको प्रशांसा गर्दै आगामी दिनमासमेत रचनात्मक कार्य गर्न सुझाव दिनुभएको थियो ।

त्यस्तै जिल्ला उपसभापति अनिल गाैडले नेपाली काङ्ग्रेसको सुबेच्छुक संस्थाकाे रुपमा रहेको नेपाल प्रेस युनियनले नेपाली काङ्ग्रेसका हरेक गतिविधिमा सहभागीता जनाई पार्टीकाे निति र बिचारलाई सम्प्रेषण गर्न आग्रह गर्दै स्थापना दिवसको शुभकामना दिनुभएको थियो ।

त्यस्तै प्रेस युनियन नवलपरासीको पुर्व सभापति आरपि उपाध्यायले प्रेस माथि हुने कुनै किसिमको दमन सह्य नहुने र प्रेस जगत माथि अंकुस लगाउन खाेज्ने तत्वहरु आफै प्रास्त हुने जिकिर गर्दै गैरकानुनी कार्य गर्नेमाथि कानुनी तवरबाटै कार्वाहीकाे दायरामा ल्याउनुपर्नेमा पछिल्लो समय यता राज्यले समाचार लेखेकै आधारमा छापामारिशैली गरेको दुर्ब्यवहारलाई घाेर निन्दा गर्नुभएको हाे। साथै युनियनको स्थापना दिवसको अवसरमा सबै श्रमजिवी पत्रकारहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस रामग्राम नगरपालिका सचिव बिकास घिमिरे लगाएतले नेपाली काङ्ग्रेस र प्रेस युनियनको अन्तर सम्बन्धकाे विषयमा आफ्नाे धारणा राख्नुभएको थियो ।

नेपाल प्रेस युनियन नवलपरासी शाखाले आफ्नो स्थापना दिवससहित अन्य दिवस वा अवसरहरुमा पत्रकारलाई समाजप्रति उत्तरदायि बनाउँदै थप रचनात्मक कार्यक्रम गरिने प्रेस युनियन नवलपरासीका अध्यक्ष बि.क ले बताउनुभयो ।

पत्रकारहरुले वितरण गरेको फलफूल पाएपछि अस्पतालमा भर्ना भएका बिरामीले खुसी हुँदै धन्यवादसमेत दिएका थिए ।

फलफुल वितरण कार्यक्रममा युनियन पुर्व सभापति अनिल कुमार यादव ,पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ता , डाक्टर श्यामसुन्दर जैसवाल सहित नेपाल प्रेस युनियन नवलपरासी शाखामा आबद्ध पत्रकारको उपस्थिती रहेको थियो ।

भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप परिसरमा हिज युनियनले सरसफाइ कार्यक्रम सम्पन्न गरेको युनियनले बताएको छ।

प्रेस युनियन नवलपरासीका उपाध्यक्ष सद्दाम हुसेन अन्सारीको स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रमलाई युनियनका सचिव अनिल यादवले सन्चालन गर्नुभएको हाे ।

श्रमजिबि पत्रकारहरुको हकहितका लागि २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस