२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

सरावल गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन, अध्यक्षमा घिमिरे

२०८१ बैशाख ३१, सोमबार प्रकाशित ( महिना अघि) १४३ पाठक संख्या

मोहन पौडेल
परासी,३१ वैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन गरिएको छ । आईतबार सरावल गाउँपालिकामा भएको उद्योगी व्यवसायीहरुको भेलाले गाउँपालिकामा उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको हो ।
जिल्ला र नगरमा गठन हुँदै आएको उद्योग वाणिज्य संघ गाउँपालिकामा पनि विस्तार भएको छ । व्यवसायीको भेलाले युवा व्यवसायी सुशान्त शर्मा घिमिरेको नेतृत्वमा सरावल उद्योग वाणिज्य संघ गठन गरेको हो । नवगठित संघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र यादव, उपाध्यक्षमा कुलाकान्ती चौधरी,महासचिवमा अरुण राव,सचिवमा हेमन्त चौधरी र देवराज राय थारु र कोषाध्यक्षमा सञ्जय सहानी रहनुभएको छ ।
सदस्यमा शशि कुमारी कम्कर,रामु चौधरी, अमर यादव, कमलेस चौधरी, धर्मराज चौधरी,जीतबहादुर गुप्ता तेली रहनुभएको छ । यसैगरी भेलाले मनोज कण्डेलको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । जसको सदस्यमा हेम कुमारी चौधरी, शिवप्रकाश चौधरी रहनुभएको छ ।
सरावल गाउँपालिका भित्रका उद्योग व्यवसायीको हकहित एवं व्यवसायिक वातावरण निर्माणका लागि उद्योग वाणिज्य संघ लाग्ने अध्यक्ष घिमिरेले बताउनुभयो । आर्थिक मन्दीका कारण व्यवसायीहरु धरासायी बन्दै गईरहेको, उत्पादनले बजार नपाएको लगायतका समस्या समाधान गर्दै स्थानीय स्तरमा खुलेका साना, लघु, घरेलु तथा अन्य उद्योगहरुको प्रवद्र्धनका लागि पहल गर्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले सरावल गाउँपालिकामा गठन भएको उद्योग वाणिज्य संघले गाउँपालिकाको समृद्धिमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उद्योगी व्यवसायीको समस्या समाधानका लागि गाउँपालिकाले सक्दो पहल गर्ने बताउँदै अध्यक्ष चौधरीले स्थानीय सरकारसँग सहकार्य गरि अघि बढ्न नवगठित उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो । निजी क्षेत्रको विकास विना समृद्धि सम्भव नभएको उहाँको भनाई थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा लगायत व्यवसायी, जनप्रतिनिधि,कर्मचारी लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस